Connect with us

समाचार

आज विश्व निमोनिया दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

Pratigya Waiju

Published

on

काठमाडौं— आज विश्व निमोनिया दिवस। नेपालमा पनि ‘निमोनियालाई रोकौं’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी निमोनिया दिवस मनाइँदै छ।

सन् २००९ देखि निमोनियाबारे चेतना जगाउने उद्देश्यले विश्व स्वास्थ्य संगठनको आब्हानमा हरेक बर्ष नोभेम्बर १२ मा विश्व निमोनिया दिवस मनाइँन्छ।

यो पनि पढ्नुहोस :  अर्थोपेडिक सम्मेलन सम्पन्न

विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष निमोनियाका कारण पाँच वर्षमुनिका १६ लाख बालबालिकाको मृत्यु हुने गरेको छ भने नेपालमा मात्रै ५ हजार बालबालिकाको मृत्यु हुने गरेको छ।

Continue Reading

समाचार

रु ८१ हजार ८०० सहित बाह्र जुवाडे पक्राउ

RSS

Published

on

By

साँखु— महानगरीय प्रहरी प्रभाग साँखु र प्रहरी चौकी नाङ्लेभारेले शनिबार साँझ काठमाडौं चापकोबोटबाट रु ८१ हजार ८०० सहित बाह्र जुवाडे पक्राउ गरेको छ।

शङ्खरापुर नगरपालिका–१ चापकोबोटस्थित कृष्णबहादुर थिङको घरमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोलीले पक्राउ गरेको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक लक्ष्मी खनालले जानकारी दिए।

यो पनि पढ्नुहोस :  अर्थोपेडिक सम्मेलन सम्पन्न

पक्राउ पर्नेमा काठमाडौं शङ्खरापुर–१ बस्ने ५१ वर्षीय खड्कबहादुर भुजेल, सोही ठाउँका ४६ वर्षीय सीताराम रिमाल, ५७ वर्षीय बखान तामाङ, ५२ वर्षीय बुदे लामा, ६६ वर्षीय हेमबहादुर वास्तकोटीलगायत बाह्र जना रहेको खनालले बताए।

पक्राउ परेका उनीहरुको थप अनुसन्धान भइरहेको तथा प्रचलित कानूनअनुसार मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ।

यसअघि पनि महानगरीय प्रहरी वृत्त बौद्ध मातहत जोरपाटी र बौद्धको फूलबारीबाट ठूलो रकमसहित जुवाडे पक्राउ गरी प्रहरीले मुद्दा चलाएको थियो।

Continue Reading
Advertisement Cheap Air fare and package tours!
loading...

LATEST TWEET

Trending