Connect with us

अर्थ

उदयपुर सिमेन्ट उद्योगबाट अहिलेसम्मकै सबैभन्दा बढी उत्पादन

RSS

Published

on

गाईघाट— उदयपुर सिमेन्ट उद्योगले दुई दिनयता अहिलेसम्मकै सबैभन्दा बढी सिमेन्ट उत्पादन शुरु गरेको छ।

नेपालको सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको उदयपुरको जलजलेमा अवस्थित यस उद्योगले दैनिक ७७० मेट्रिक टन सिमेन्ट उत्पादन गरेको जनाएको छ।

विसं २०४४ मा स्थापना भएको उद्योगले शुरुका वर्षमा ७०० मेट्रिक टनसम्म सिमेन्ट उत्पादन गर्दै आएको भएपनि त्यसपछिका वर्षहरुमा विद्युत् अभाव तथा कटौतीका कारण दैनिक ६०० देखि ६५० मेट्रिक टनसम्म मात्र सिमेन्ट उत्पादन हुने गरेको थियो।

गत वर्ष गियर मेशिन परिवर्तन गरेपछि दैनिक ७०० देखि ७५० मेट्रिक टनसम्म सिमेन्ट उत्पादन क्षमता बढाएको उद्योगका महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलले बताउनुभयो।

यो पनि पढ्नुहोस :  उपत्याकाबाट ११ मेट्रिक टन फोहर व्यवस्थापन

यसपटक २५ दिन उद्योग मर्मत गरेर विभिन्न मेशिन फेरिएको र अहिले विद्युत्समेत पूर्ण आपूर्ति भएपछि उद्योगबाट बढी उत्पादन हुने गरेको महाप्रबन्धक पौडेलले बताउनुभयो।

दैनिक ८०० मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता रहेको उद्योगको ७७० मेट्रिक टन सिमेन्ट उत्पादन गरी स्थापनाकालदेखि अहिलेसम्मको सबैभन्दा बढी सिमेन्ट उत्पादनको तथ्याङ्क राखेको महाप्रबन्धक पौडेलले बताउनुभयो।

अब उद्योगले सिमेन्ट उत्पादनकार्यलाई पूर्ण उत्पादन क्षमता ८०० मेट्रिकटन पुर्‍याउने पनि उद्योग प्रशासनले बताएको छ।

दुई वर्षअघिसम्म वार्षिक रु १० करोडभन्दा माथि घाटामा रहेको उद्योगको भौतिक र प्राविधिक व्यवस्थापन गरेपछि गत वर्ष मात्र रु १५ करोड आम्दानी गरेको थियो। यो वर्ष अहिलेसम्म झण्डै रु ३५ करोडभन्दा बढी नाफा गरिसकेको महाप्रबन्धक पौडेलले बताउनुभयो।

loading...
Continue Reading

अर्थ

शेयर बजार: दोहोरो अङ्कले घट्यो

RSS

Published

on

By

काठमाडौं— धितोपत्र बजारमा आज शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १०.८६ विन्दुले घटेर एक हजार १६८.०६ विन्दुमा पुगेको छ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.८७ विन्दुले घटेर २४७.६१ विन्दुमा पुगेको छ। स्टकका अनुसार कूल १६६ कम्पनीको १२ लाख ६५ हजार ७८६ कित्ता शेयर रु ३६ करोड ७७ लाख छ हजार ६३८ मूल्यमा खरीद बिक्री भएका छन्।

आज कारोवार भएका कूल ११ उपसमूह मध्ये आज वित्त उपसमूह ०.६५ विन्दुले बढेको छ। यस्तै बैंकिङ ४.६२, व्यापार २.९६, होटल १९.५२, विकास बैंक ७.७६, जलविद्युत् ४२.१७, निर्जीवन बीमा ४२.६७, उत्पादन २३.५२, अन्य ११.६०, लघुवित्त २५.५१ र जीवन बीमा ६१.६८ विन्दुले घटेको छ।

यो पनि पढ्नुहोस :  भीमफेदी—कुलेखानी सुरुङमार्ग प्रदेश सरकारले निर्माण गर्ने

घटेको बजारमा गुर्खाज फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, नेपाल एसबिआई बैंक, सेन्ट्रल फाइनान्स कम्पनी, कन्काई डेभलपमेन्ट बैंकका शेयरधनीले आज बढी कमाएका छन्।

यस्तै माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी, मिर्मिरे लघुवित्त वित्तीय संस्था, आँखु खोला जलविद्युत् कम्पनी, नेशनल हाइड्रो पावर कम्पनी, मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले आज बढी गुमाएका छन्।

त्यसैगरी स्टकमा आजै सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोवार सुरु भएको छ। सो संस्थाको सुरुआती कारोवारका लागि प्रतिकित्ता न्यूनतम रु १६८ र अधिकतम रु ५०५ रहने गरी सीमा निर्धारण गरिएको थियो।

loading...
Continue Reading
Advertisement Cheap Air fare and package tours!
loading...

LATEST TWEET

Trending