Connect with us

मनोरन्जन

उपत्यकाका हलहरुमा बक्स अफिस लागू

Gorkha Post

Published

on

प्रतिकात्मक तस्बिर

काठमाण्डौ — उपत्यकाका हलहरुमा नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि चर्चामा रहँदै आएको बक्स अफिस मङ्गबार (साउन १ गते)देखि लागू भएको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले चलचित्र विकास बोर्डमा आयोजित एक कार्यक्रमा बक्स अफिसको औपचारिक उद्घाटन गरेका हुन्।

सो अबसरमा मन्त्री बाँस्कोटाले बक्स अफिस लागू भएपछि ‘अनलाइन डाटा’मार्फत चलचित्रको आयको सम्पूर्ण जानकारी प्राप्त हुने र यसले राजस्व संकलनमा राज्यलाई पनि ठूलो मद्दत पुग्ने बताए।

उनले अर्को असार मसान्तभित्र उपत्यका बाहिर पनि बक्स अफिस लागू गर्ने प्रतिवद्धता व्यक्त गरे।

यो पनि पढ्नुहोस :  फिल्म 'शत्रु गते'को ट्रेलर सार्बजनिक

मन्त्री बाँस्कोटाले भने, ‘अब निर्माताले घरघडेरी डुबाउनु पर्ने दिन आउने छैन। कलाकारले आफ्नो मिहिनेतको पारिश्रमिक पाउनेछन्। राज्यलाई कर छल्ने प्रवृतिको अन्त्य हुनेछ। अब चलचित्र क्षेत्रकै अनुहार फेरिनेछ।’

उनले अब हलहरूको वर्गीकरण हुने बताउँदै विदेशी विज्ञापन बन्द गर्ने घोषणा पनि गरे।

त्यस्तै, वक्स अफिस कार्यान्वयन समितिका संयोजक नरेन्द्र महर्जनसहितको बैठकले २०७५ वैशाख १ बाट परीक्षण गर्ने र साउन १ गतेदेखि उपत्यका भित्र लागु गर्ने निर्णय गरेको थियो।

उपत्यकाबाहिर पनि माघ १ गतेसम्म बक्स अफिस कार्यान्वयन हुने समितिका सदस्य तथा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले जनकारी दिए।

loading...
Continue Reading

मनोरन्जन

बलिउड अभिनेता गोविन्दा नेपालमा

Gorkha Post

Published

on

काठमाण्डौ — बलिउडका अभिनेता गोविन्दा शनिबार दिउँसो नेपाल आएका छन्। राष्ट्रिय सभागृहमा आइतबार हुने एलजी सिने सर्कल अवार्डमा सहभागी हुन उनी काठमाडौँ आएका हुन्।

उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सर्कलका अध्यक्ष दिनेश डिसीलगायत कलाकारहरुले स्वागत गरे।

दिनेश डिसीको परिकल्पनामा हुँदै आएको एलजी सिने सर्कल अवार्ड वितरण समारोहमा गोविन्दले सहभागिता जनाउने छन्।

यो पनि पढ्नुहोस :  तेजकुमार बने प्रथम खोटाङ आइडल

अवार्डमा २०७४ सालको वैशाखदेखि चैत्र मसान्तसम्म रिलिज गरिएका नेपाली फिल्मलाई समेटिए छ र लाइफटाईम अचिभमेन्टसहित २३ विधामा अवार्ड प्रदान गरिने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ।

यसवर्ष निर्देशक किशोर रानालाई लाइफ टाइम एचिभमेन्ट अवार्डले सम्मान गर्ने भएको छ।

अवार्डका लागि यसअघि नै मनोनयन सार्वजनिक गरिसकिएको छ।

loading...
Continue Reading
Advertisement Cheap Air fare and package tours!
loading...

LATEST TWEET

Trending