Connect with us

खेलकुद

एएफसी कपमा मनाङले नेपालको प्रतिनिधित्व गर्ने

RSS

Published

on

काठमाडौँ- जारी ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेसँगै मनाङ मस्र्याङ्दी क्लबले एशियाली फुटबल महासङ्घ (एएफसी) कप फुटबलमा नेपालको प्रतिनिधित्व गर्ने भएको छ।

लिग जित्ने टोलीले एएफसीमा सहभागिता जनाउने प्रावधानअनुसार नेपालको प्रतिनिधित्व गर्दै मनाङले उक्त प्रतियोगितामा सहभागिता जनाउने अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ। उक्त प्रतियोगितामा नेपालबाट अघिल्लो पटक थ्रीस्टारले प्रतिस्पर्धा गरेको थियो।

मनाङले हिजो सङ्कटा क्लबलाई ३–१ ले हराउँदै उपाधि जितेको थियो। दुई खेल अगावै उपाधि जितेको मनाङले लिगमा कीर्तिमानी आठौँ पटक कब्जा समेत जमाएको हो।

यो पनि पढ्नुहोस :  नेपालको लगातार पाँचौ जित, नेपालद्वारा चीन १० विकेटले पराजित

एएफसी कप फुटबलको समूह चरणमा मनाङ समूह ‘इ’ मा रहेको छ। एशियन फुटबल फेडेरेसन एएफसीले गत महीना नै समूह चरणको ‘ड्र’ सार्वजनिक गरेको थियो।

एएफसीले निकालेको ड्र अनुसार नेपालको ’ए’ डिभिजन लिग विजेता मनाङ समूह ‘इ’ मा परेको हो। यस समूहमा भारत, बङ्गलादेश र प्ले अफबाट आएको एक टोलीले प्रतिस्पर्धा गर्नेछन्।

भारतबाट भने मिनर्वा पन्जाबले खेल्ने छ। यस्तै बङ्गलादेशबाट ढाका अबाहानीले खेल्नेछ। प्ले अफबाट आउने एक टोलीको भने तय भएको छैन। समूह चरणको खेल आगामी अप्रिलमा युएइमा शुरु हुनेछ।

एएफसी कपमा एशियाका हरेक राष्ट्रको शीर्ष डिभिजनको लिग च्याम्पियनले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा २४ राष्ट्रले सहभागी जनाउनेछन्।

Continue Reading

खेलकुद

क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई

RSS

Published

on

By

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय टि–२० सिरिज जित्न सफल भएकामा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिनुभएको छ।

प्रधानमन्त्री ओलीले ट्विीटरमार्फत शुभकामना तथा बधाई दिँदै तेस्रो टि–२० खेलमा नेपालले युएईसँग १४ रनले विजय हासिल गरेको थाहा पाउँदा अत्यन्तै खुशी लागेको उल्लेख गर्नुभएको छ।

यो पनि पढ्नुहोस :  क्रोएशियालार्इ ४–२ ले पराजित गर्दै फ्रान्स बन्यो दोस्रो पटक विश्वविजेता

नेपाली क्रिकेटका लागि टि–२० सिरिज जित्नु अर्को ठूलो सफलता भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले ट्विीटरमा लेख्नुभएको छ, “नेपाली क्रिकेटका लागि यो अर्को ठूलो सफलता हो, नेपाली क्रिकेट टिमका सम्पूर्ण सदस्यलाई हार्दिक बधाई दिन चाहन्छु।”

Continue Reading
Advertisement Cheap Air fare and package tours!
loading...

LATEST TWEET

Trending