Connect with us

खेलकुद

‘ए’ डिभिजन लिग: एघारौँ चरणका खेल आजदेखि

RSS

Published

on

काठमाडौँ- शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत ११औँ चरणका खेल आजदेखि हुँदैछन्। चार दिनको विश्रामपछि ११औँ चरणका खेल हुन लागेका हुन्।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार बुधबार तीन तथा बिहीबार र शुक्रबार दुई/दुई खेल हुनेछन्। आज पहिलो खेल ब्रिगेड ब्वाइज क्लब र हिमालयन शेर्पाबीच तथा अर्को खेल जावलाखेल युथ क्लब र मछिन्द्र क्बलबीच हुनेछ। दुवै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछन्। तेस्रो खेल न्युरोड टिम (एनआरटी) र फ्रेन्ड्स क्लबबीच हल्चोक मैदानमा हुनेछ।

बिहीबार सशस्त्र प्रहरीको एपिएफ र च्यासल युथ क्लबबीच तथा सङ्कटा क्लब र मनाङ मस्र्याङ्दी क्लबबीच हुनेछ। मनाङ र सङ्कटाबीचको खेललाई उपाधि भिडन्तका रुपमा हेरिएको छ।

यो पनि पढ्नुहोस :  डीपीएल-२ : अत्तरिया ९ विकेटले विजयी

सङ्कटासितको खेल मनाङले जिते दुई खेलअगावै लिगको उपाधि जित्नेछ। एघारौँ चरणको अन्तिम खेल शुक्रबार सरस्वती युथ क्लब र त्रिभुवन आर्मीबीच तथा नेपाल पुलिस र थ्रीस्टार क्लबबीच एन्फा मैदान सातदोबाटोमा हुनेछ।

दशौँ चरणका खेल सकिँदासम्म मनाङ शत प्रतिशत नतिजासहित ३० अङ्कसाथ शीर्ष स्थानमा छ। सङ्कटा २५ अङ्कसाथ दोस्रो, थ्री स्टार २३ अङ्कसाथ तेस्रो, १८ अङ्कका साथ त्रिभुवन आर्मी चौथो, १६ अङ्कसहित एपिएफ पाँचौँ, १५ अङ्कसहित नेपाल पुलिस छैटौँ, १४/१४ अङ्कसहित च्यासल युथ क्लब र हिमालयन शेर्पा क्लब क्रमशः सातौँ र आठौँ, १० अङ्कसाथ सरस्वती नवौँ, आठ/आठ अङ्कसहित जावलाखेल र फ्रेन्डस क्रमशः दशौँ र एघारौँ, छ/छ अङ्कसहित ब्रिगेड ब्वाइज र मछिन्द्र बाह्रौँ र तेस्रौँ तथा न्युरोड टिम (एनआरटी) चार अङ्कका साथ तालिकाको अन्तिम स्थानमा छ।

loading...
Continue Reading

खेलकुद

एएफसी यू–२३ च्याम्पियनशिप: छनोट चरणको पहिलो खेलमा नेपालले ओमनसँग खेल्ने

RSS

Published

on

By

काठमाडौं— थाइल्याण्डमा सन् २०२० मा आयोजना हुने एएफसी यू–२३ च्याम्पियनशिप फुटबलका लागि छनोट चरणको पहिलो खेलमा नेपालले ओमानको सामना गर्ने भएको छ।

एशियन फुटबल फेडेरेसन (एएफसी) ले गएराति सार्वजनिक गरेको खेलतालिका अनुसार समूह ‘ए’मा परेको नेपालले पहिलो खेल ओमानसँग खेल्ने भएको हो।

कतारमा हुने छनोटको पहिलो खेलमा नेपालले ओमानसँग आगामी मार्च २२ मा पहिलो खेल खेल्नेछ। छनोटको कठिन समूहमा परेको नेपालले दोस्रो खेल आयोजक कतारसँग २४ मार्चमा खेल्नेछ। नेपालले समूह चरणको अन्तिम खेल अफगानिस्तानसँग मार्च २६ मा खेल्नेछ।

यो पनि पढ्नुहोस :  वर्ल्डकप २०१८: इंग्ल्यान्डद्वारा ट्युनिसिया २-१ ले पराजित

समूहको शीर्ष टोलीले एएफसी यू–२३ च्याम्पियनशिप खेल्नेछन्। यस्तै दोस्रो टोलीमध्ये उत्कृष्ट चार टोलीले पनि च्याम्पियनशिप खेल्ने मौका पाउनेछन्।

च्याम्पियनशिपका लागि ४४ टोलीले छनोट खेल खेलिरहेका छन्। जसलाई एएफसीले ११ समूहमा विभाजन गरेको छ। फाइनल चरणको च्याम्पियनशिपमा १६ टोलीको सहभागिता रहनेछ।

नेपालले अहिलेसम्म एएफसी यू–२३ मा उच्च प्रदर्शन गर्न सकेको छैन। नेपाल पहिलो चरणबाटै आउट हुँदै आएको छ। यस पटक कठिन समूहमा रहेको कारण नेपालको दोस्रो चरणको सम्भावना निकै कठिन रहेको छ।

loading...
Continue Reading
Advertisement Cheap Air fare and package tours!
loading...

LATEST TWEET

Trending