Connect with us

समाचार

कांङ्ग्रेसद्वारा नेम्वाङको निधनमा दुःख व्यक्त

RSS

Published

on

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले जिल्ला विकास समिति पाँचथरका पूर्वसभापति हरीशचन्द्र नेम्वाङकी धर्मपत्नी हंसरानी नेम्वाङको निधनमा दुःख व्यक्त गरेको छ।

काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मङ्गलबार विज्ञप्ति जारी गरी ९२ वर्षीय नेम्वाङको निधन भएकामा दुःख व्यक्त गर्नुभएको हो।

यो पनि पढ्नुहोस :  हिंसाविरुद्धको अभियान: होटल व्यवसायी संवेदनशील हुनुपर्ने

नेम्वाङको निधनप्रति काङ्ग्रेसले गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ।

काङ्ग्रेसका सक्रिय सदस्यसमेत रहनुभएका स्व नेम्वाङले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको विज्ञप्तिमा उल्लेख छ। स्वर्गीय नेम्वाङका तीन छोरा र दुई छोरी हुनुहुन्छ।

Continue Reading

समाचार

रु ८१ हजार ८०० सहित बाह्र जुवाडे पक्राउ

RSS

Published

on

By

साँखु— महानगरीय प्रहरी प्रभाग साँखु र प्रहरी चौकी नाङ्लेभारेले शनिबार साँझ काठमाडौं चापकोबोटबाट रु ८१ हजार ८०० सहित बाह्र जुवाडे पक्राउ गरेको छ।

शङ्खरापुर नगरपालिका–१ चापकोबोटस्थित कृष्णबहादुर थिङको घरमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोलीले पक्राउ गरेको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक लक्ष्मी खनालले जानकारी दिए।

यो पनि पढ्नुहोस :  हिंसाविरुद्धको अभियान: होटल व्यवसायी संवेदनशील हुनुपर्ने

पक्राउ पर्नेमा काठमाडौं शङ्खरापुर–१ बस्ने ५१ वर्षीय खड्कबहादुर भुजेल, सोही ठाउँका ४६ वर्षीय सीताराम रिमाल, ५७ वर्षीय बखान तामाङ, ५२ वर्षीय बुदे लामा, ६६ वर्षीय हेमबहादुर वास्तकोटीलगायत बाह्र जना रहेको खनालले बताए।

पक्राउ परेका उनीहरुको थप अनुसन्धान भइरहेको तथा प्रचलित कानूनअनुसार मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ।

यसअघि पनि महानगरीय प्रहरी वृत्त बौद्ध मातहत जोरपाटी र बौद्धको फूलबारीबाट ठूलो रकमसहित जुवाडे पक्राउ गरी प्रहरीले मुद्दा चलाएको थियो।

Continue Reading
Advertisement Cheap Air fare and package tours!
loading...

LATEST TWEET

Trending