Connect with us

समाचार

छाउपडी मान्नेको सुविधा कटौती गरिने

RSS

Published

on

अमरगढी- डडेल्धुराको भागेश्वर गाउँपालिकाले गाउँसभाबाट ‘मर्यादित छाउपडी वर्ष २०७५’ घोषणा गरेको छ। छाउपडी प्रथाको अन्त्यका लागि ‘मर्यादित छुई वर्ष अभियान’ थालिएको गाउँपालिकाका अध्यक्ष कौशिला भट्टले बताउनुभयो।

देउता रिसाउने डरले छाउपडी भएका महिला घरभन्दा बाहिर छाउगोठमा बस्ने र छाउपडी भएका बेला दूध, दही, घ्यूलगायत खानेकुरा खाए देवी रिसाउनेजस्ता कुरीति हटाउन चेतनामूलक अभियान थालिएको उहाँको भनाइ छ।

यो पनि पढ्नुहोस :  शान्ति समाजको परिषद् बैठक विराटनगरमा हुने

“अभिभावकले छाउपडी भएका बेला विद्यालय जानबाट बञ्चित गरिएको भेटिएमा वा छाउपडी भएका महिलालाई छाउगोठमा राखिएको पाइएमा गाउँपालिकाबाट पाउने सेवासुविधा कटौती गर्ने निर्णय गरेका छौँ,” उहाँले भन्नुभयो। सो निर्णय हालैको गाउँसभाबाट पारित गरिएको हो।

loading...
Continue Reading

समाचार

बौद्धमा ‘पर्यटक प्रहरी पोष्ट’ स्थापना

RSS

Published

on

By

काठमाडौं— उपत्यकाको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको बौद्ध क्षेत्रमा ‘पर्यटक प्रहरी पोष्ट’ स्थापना गरिएको छ।

पर्यटक प्रहरीले बौद्ध क्षेत्र विकास समितिको सहकार्यमा सोमबारदेखि पोष्ट सञ्चालन गरी काम थालेको छ। उक्त पोष्टमा प्रहरी नायब निरीक्षकको नेतृत्वमा सात पर्यटक प्रहरी खटाएको छ।

पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपका प्रमुख एवं प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतका अनुसार उपत्यकाका सबै पर्यटकीयस्थलमा पर्यटक प्रहरीको उपस्थित रहने योजनाअनुरुप उक्त पोष्ट स्थापना गरिएको हो।

यो पनि पढ्नुहोस :  ६ ओटा मोटरसाइकलमा आगजनी

“ठमेलपछि धेरै पर्यटकले घुम्ने स्थान बौद्ध क्षेत्र हो, त्यसैले उक्त क्षेत्रमा पोष्ट स्थापना गरेका हौँ”, उहाँले भन्नुभयो। यसअघि ठमेल, भक्तपुर, नगरकोट, पाटन, वसन्तपुर, पशुपति, स्वयम्भू र एयरपोर्ट क्षेत्रमा पर्यटक प्रहरी पोष्ट स्थापना गरिएको थियो।

सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको योजनालाई सफल पार्न पर्यटक प्रहरी पोष्टको ठूलो महत्व रहने पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपले जनाएको छ।

बौद्ध क्षेत्रमा पर्यटक प्रहरी पोष्ट स्थापना भएसँगै हालसम्म देशभर २६ स्थानमा पर्यटक प्रहरीको उपस्थिति पुगेको छ। हाल देशभर दुई सयभन्दा बढी पर्यटक प्रहरीले पर्यटकलाई सेवा प्रदान गर्दै आएका छन्।

loading...
Continue Reading
Advertisement Cheap Air fare and package tours!
loading...

LATEST TWEET

Trending