Connect with us

स्वदेश

दुई घण्टा अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित

RSS

Published

on

काठमाडौँ- सञ्चार उपकरणमा समस्या आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान करीब दुई घण्टा प्रभावित भएको छ।

विमानस्थलको सञ्चार प्रणाली भिडियो हाई फ्रिक्वेन्सी (भिएचएफ) मा समस्या आएपछि उडानमा समस्या अएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताउनुभयो।

यो पनि पढ्नुहोस :  प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न अध्यक्ष प्रचण्ड शिक्षण अस्पतालमा

उहाँका अनुसार बिहान करीब ९ बजे विमानस्थलको सञ्चार उपकरणमा लाइन सर्ट भएपछि भिएचएफमा समस्या आएको थियो। लगत्तै विमानस्थलका प्राविधिकले मर्मत गरेका थिए। प्राविधिक मर्मतपछि बिहान ११ बजेदेखि नियमित उडान भइरहेको महाप्रबन्धक क्षेत्रीको भनाइ छ।

“सञ्चार प्रणालीमा लाइन सर्ट भएपछि समस्या आएको हो। टावर ठीकै थियो। हाम्रा इञ्जिनीयरले मर्मत गरेपछि सेवा सञ्चालन भएको छ। एक घण्टा ४० मिनेट जति मात्र उडान रोकियो। अवतरणमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा समस्या थिएन”, उहाँले भन्नुभयो।

loading...
Continue Reading

स्वदेश

डोटीमा हिमपात, जनजीवन प्रभावित

RSS

Published

on

By

डोटी— सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीमा गए रातिदेखी हिमपात शुरु भएको छ। हिमपातका कारण यहाँको जनजीवन प्रभावित भएको छ।

हिमपातसँगै भारी वर्षाका कारण डोटीका लेकाली बस्ती हिउँले सेताम्य भएका छन्। हिमपातका कारण स्थानीयवासी घरबाहिर निस्किन सकिरहेका छैनन्।

जिल्लाको खप्तड, भल्मा, गोलादेउ, शिखर, नापानी, केदार धुरा, उदैनीलगायत उच्च लेकाली क्षेत्रमा अहिलेसम्म पनि हिउँ परिरहेको स्थानीयवासी दीपक खवासले बताउनुभयो। उहाँका अनुसार बाक्लो हिमपातका कारण यहाँका बासिन्दालाई गाईवस्तु चराउनसमेत कठिन भएको छ।

हिमपात र वर्षा भएपछि यहाँका पानी नलाग्ने लेकाली भेगका किसान खेती सप्रिने आसामा छन्। त्यस्तै सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा करीब दुई फुट जति हिउँ परेको नेपाली सेनाले जनाएको छ।

यो पनि पढ्नुहोस :  जीपको ठक्करबाट घाइते पैदल यात्रीको मृत्यु

हिमपातसँगै जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दीपायलमा भारी वर्षा भइरहेको छ। वर्षात्का कारण यहाँका प्रमुख व्यापारी केन्द्रका पसल पनि खुल्न सकेका छैनन्।

त्यस्तै हिमपातका कारण अत्तरिया स्याउले जोड्ने भीमदत्त राजमार्ग पनि बन्द भएको दीपायलस्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

डोटीको गैरा र डडेल्धुराको हगुल्टेमा हिमपात भएका कारण दजनौँ सवारी साधन स्याउले र डोटीको गैरामा जम्मा भएको बुडर डोटी इलाका प्रहरी कार्यालयका प्रमुख रुपसिंह थापाले जानकारी दिनुभयो।

हिउँ हटाउन र बाटो सञ्चालन गराउनका लागि डिभिजन सडक कार्यालयबाट डोजर मगाइएको प्रहरीले जनाएको छ।

loading...
Continue Reading
Advertisement Cheap Air fare and package tours!
loading...

LATEST TWEET

Trending