Connect with us

समाचार

दुई वर्षमा पनि मतगणना भएन

RSS

Published

on

वालिङ- वालिङ बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको झण्डै दुई वर्ष हुँदा पनि मतगणना हुनसकेको छैन।

विसं २०७३ फागुन १८ गते स्ववियु निर्वाचन भएको थियो। निर्वाचन पछि मतगणनामा विवाद भएपछि गणना स्थगन गरिएको थियो। “मतदान प्रक्रिया शान्तिपूर्णरुपमा सम्पन्न भएको थियो”, इलाका प्रशासन कार्यालय वालिङका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत दामोदर शर्माले भन्नुभयो, “मतगणनाका क्रममा निर्वाचन अधिकृतको दस्तखतका विषयमा विवाद भएपछि स्थगन गर्नु परेको हो।”

मतगणनाका क्रममा निर्वाचन अधिकृतको दस्तखत नभएका पहिलो मुठामै दश मतपत्र भेटिएपछि नेविसङ्घले विरोध गरेको थियो भने अनेरास्ववियुले मतगणना गर्न माग गरेको थियो।

“मेरो संयोजकत्वमा छानबिन समिति गठन गरी प्रतिवेदन दिन अगाडि बढ्यौँ”, प्रमुख निर्वाचन अधिकृत शर्माले भन्नुभयो, “क्याम्पसमा तत्कालै परीक्षाको समय भएको र छलफल निष्कर्षमा नपुगेकै कारण मतगणना हुन सकेन।”

यो पनि पढ्नुहोस :  नेकपाको स्थायी कमिटी बैठक शनिबार बस्ने

स्ववियुको अर्को निर्वाचनको मिति पनि अब नजिकै आउन थालेकाले पुनः मतगणना हुने सम्भावना कम रहेको शर्मा बताउनुहुन्छ। क्याम्पसभित्रको समस्याका बारेमा क्याम्पस सञ्चालक समितिमा पटक–पटक यही विषयमा छलफल भएकोले अब छिट्टै विद्यार्थीसँग बसेर निष्कर्षमा पुगिने क्याम्पस सञ्चालक समितिका अध्यक्ष मोहनप्रसाद रेग्मीले बताउनुभयो।

“गणना र पुनः निर्वाचनले द्वन्द्व सिर्जना गर्ने अवस्था देखिने ठान्यौँ”, उहाँले भन्नुभयो, “छलफल गरी निचोडमा पुग्छौँ।” त्रिविले तोकेको समयमा नयाँ संरचनाअनुसार नयाँ नेतृत्वका लागि निर्वाचन गरी समाधानको बाटो अँगाल्ने विषयमा सञ्चालक समितिमा छलफल भइरहेको रेग्मीको भनाइ थियो।

मतपेटिका हालसम्म पनि वडा प्रहरी कार्यालय वालिङमा शिलबन्दी गरी राखिएको छ।

Continue Reading

समाचार

रु ८१ हजार ८०० सहित बाह्र जुवाडे पक्राउ

RSS

Published

on

By

साँखु— महानगरीय प्रहरी प्रभाग साँखु र प्रहरी चौकी नाङ्लेभारेले शनिबार साँझ काठमाडौं चापकोबोटबाट रु ८१ हजार ८०० सहित बाह्र जुवाडे पक्राउ गरेको छ।

शङ्खरापुर नगरपालिका–१ चापकोबोटस्थित कृष्णबहादुर थिङको घरमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोलीले पक्राउ गरेको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक लक्ष्मी खनालले जानकारी दिए।

यो पनि पढ्नुहोस :  दुई छुट्टाछुटै दुर्घटनामा परी दुई जनाको मृत्यु

पक्राउ पर्नेमा काठमाडौं शङ्खरापुर–१ बस्ने ५१ वर्षीय खड्कबहादुर भुजेल, सोही ठाउँका ४६ वर्षीय सीताराम रिमाल, ५७ वर्षीय बखान तामाङ, ५२ वर्षीय बुदे लामा, ६६ वर्षीय हेमबहादुर वास्तकोटीलगायत बाह्र जना रहेको खनालले बताए।

पक्राउ परेका उनीहरुको थप अनुसन्धान भइरहेको तथा प्रचलित कानूनअनुसार मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ।

यसअघि पनि महानगरीय प्रहरी वृत्त बौद्ध मातहत जोरपाटी र बौद्धको फूलबारीबाट ठूलो रकमसहित जुवाडे पक्राउ गरी प्रहरीले मुद्दा चलाएको थियो।

Continue Reading
Advertisement Cheap Air fare and package tours!
loading...

LATEST TWEET

Trending