Connect with us

स्वदेश

पश्चिमी वायुको प्रभावले वर्षा

RSS

Published

on

काठमाडौँ- पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकालगायत मुलुकका केही स्थानमा हल्का वर्षा भई चिसो बढेको छ। उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यमखालको हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

फुलचोकी, चन्द्रागिरिलगायतका काठमाडौँ उपत्यका वरपरका उच्च डाँडाहरुमा पनि सामान्य हिउँ परेको छ।

यो पनि पढ्नुहोस :  चितवनमा बस र ट्रक ठोक्किंदा ४ जनाको मृत्यु

सोमबार दिउँसो देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने र केही स्थानमा हल्का वर्षा भएपनि बेलुकादेखि मौसममा सुधार हुँदै जाने विभागका वरिष्ठ मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो।

विभागका अनुसार मङ्गलबार देशको पश्चिमी तथा पूर्वी पहाडी भेगमा आंशिक बदली रहने र बाँकी भागमा मौसम सामान्यतयाः सफा रहनेछ। त्यस्तै बुधबार पहाडी भेगमा आंशिक बदली हुने र बाँकी भू–भागमा मौसम सफा रहने विभागले जनाएको छ।

Continue Reading

स्वदेश

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते

RSS

Published

on

By

हेटौँडा— मकवानपुरको बागमती गाउँपालिका–४ पाँचपाण्डवमा शनिबार साँझ भएको ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। फापरवारीबाट सिन्धुलीतर्फ निर्माण सामग्री लिएर जाँदै गरेको ना६त ४४२ नंको ट्याक्टर दुर्घटनामा अन्य पाँच जना गम्भीर घाइते भएको स्थानीयवासी निर्मल तिमल्सिनाले जानकारी दिनुभयो।

दुर्घटनामा सिन्धुली हरिहरपुर गाउँपालिकाका ५० वर्षीय हेमकुमार श्रेष्ठको घटनास्थलमा र सोही स्थानका ५० वर्षीय बखत राईकोे उपचारका लागि हेटौँडातर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

यो पनि पढ्नुहोस :  नयाँ बर्षको उपलक्षमा राष्ट्रपति तथा उपराष्ट्रपतिद्वारा शुभकामना ब्यक्त

दुर्घटनामा परी घाइते जनकल्याण आधारभूत विद्यालय लमकन्नाकी शिक्षिका शिवमाया मगर, शक्ति राई, मोहन राई , कृष्ण राई र तिलक राईलाई उपचारका लागि हेटौँडा ल्याइएको छ भने उनीहरुको अवस्था गम्भीर रहेको जनाइएको छ।

निर्माणाधीन धरान–चतरा राजमार्गअन्तर्गत मकवानपुर र सिन्धुली जोड्ने पुलको करीब दुई किलोमिटर नजिकै ट्याक्टर दुर्घटना भएको हो। ट्याक्टर अनियन्त्रित भई पल्टिएको अनुमान गरिएको छ। ट्याक्टर निकाल्न जेसिबी नै प्रयोग गर्नुपर्ने अवस्था रहेको शिक्षिका राईले बताउनुभयो।

Continue Reading
Advertisement Cheap Air fare and package tours!
loading...

LATEST TWEET

Trending