Connect with us

अर्थ

पूर्वी रोल्पामा जडीबुटी–तेल उत्पादन शुरु

RSS

Published

on

रोल्पा— पूर्वी रोल्पाको सुलीचौरमा स्थापित उद्योगले स्थानीय जडीबुटी प्रशोधन गरी तेल निकाल्न शुरु गरेको छ।

लाल जडीबुटी प्रशोधन उद्योगबाट दालचिनी, दलसिँडे, तेजपात, बोझो, जटामसी, सिलटिमुर, सुगन्धवाल, सुगन्धकोकिला, तितेपातीलगायत जडीबुटीबाट तेल निकाल्न थालिएको हो।

सो उद्योगबाट उत्पादित तेल काठमाडौँ, पोखरा, चितवनजस्ता बजारमा पठाउन थालेको उद्योगले जनाएको छ।

रु एक करोड ५० लाखको लागतमा स्थापित उद्योगमा ३५ कामदारले रोजगारी पाइरहेको उद्योगका ‘प्रोपाइटर’ टेकबहादुर घर्तीमगरले जानकारी दिनुभयो।

विगत लामो समयदेखि जडीबुटी व्यवसाय गर्दै आएका घर्तीले केही वर्षयता सुलीचौरमै तेल प्रशोधन उद्योग स्थापना गरी जिल्ला बाहिर पठाउन थालेको बताउनुभयो।

जडीबुटीको प्रशोधित तेलको मूल्य महङ्गो हुने भएकाले स्थानीय बजारमा बिक्री नभई अन्यत्र ठूला बजारमा पठाउने गरिएको बताइएको छ।

बास्नादार तेल र आयुर्वेदिक औषधिको रूपमा स्थानीय जडीबुटी प्रशोधन भइरहेको घर्तीले बताउनुभयो। उद्योगमा तितेपातीबाट किटनाशक औषधिसमेत उत्पादन हुने गरेको छ। रसायन प्रयोग नगरी उत्पादित उक्त औषधिबाट किसानको खेतबारीमा कीराको प्रकोप नियन्त्रणमा सघाउ पुगिरहेको छ।

यो पनि पढ्नुहोस :  एकल महिलालाई आत्मनिर्भर बनाउन समूह गठन

स्थानीय सामुदायिक वन र निजी जग्गामा उत्पादित घाँस र जडीबुटी प्रशोधन गरेर तेल निकाल्नुपर्ने भएकाले कच्चा पदार्थको अभाव हुने गरेको छ। सो समस्या टार्न स्थानीय कृषकलाई उत्पादन कार्यमा प्रोत्साहन गरेको घर्तीको भनाइ छ।

संयुक्त राज्य अमेरिका, युरोपलगायतका देशमा पठाउन चाहे पनि बजार सञ्जालबारेमा आफू जानकार नभएको घर्तीको भनाइ छ।

सामुदायिक वनमा समेत जडीबुटीखेती गरेर आम्दानी बढाउन सकिने घर्तीको सुझाव छ। सामुदायिक वनको आन्तरिक आय वृद्धि हुने र उद्योग पनि दिगो ढङ्गले सञ्चालन हुने भएकाले यसतर्फ सबैको ध्यान जान जरुरी रहेको आग्रह गर्दै उहाँले उद्योग राम्रोसँग सञ्चालन भइरहे पनि कहिलेकाहीँ जडीबुटीको बजार मूल्यमा आउने उतारचढावले आफूलाई समस्या पार्ने गरेको बताउनुभयो।

जिल्लामा स्थापना भएका यस्ता उद्योगको निरन्तरता र दिगोपनाका लागि स्थानीय सरकारसँग समन्वय गरिरहेको रोल्पा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विश्वकुमार चन्दले जानकारी दिनुभयो।

बेरोजगारीको समस्याका कारण दिनानुदिन ठूलो सङ्ख्यामा युवाहरु वैदेशिक रोजगारीमा जान बाध्य भइरहेका बेला यस्ता उद्योग विस्तार र प्रवद्र्धनमा तीनै तहका सरकारले ध्यान दिए युवा पलायनता रोक्न मद्दत पुग्ने अध्यक्ष चन्दको भनाइ छ।

जडीबुटीको भण्डार मानिने रोल्पामा हजारौँ थरिका जडीबुटी उत्पादन हुन्छन्। प्राकृतिक रूपमै उम्रेका त्यस्ता जडीबुटीबाट स्थानीयवासीले राम्रो आम्दानी गरिरहेका छन्।

पहिचानको अभावमा सयौँ बहुमूल्य जडीबुटी प्रयोगविहीन भए पनि केही जडीबुटी भने पहिचान भई उत्पादन र बिक्री वितरणसमेत हुँदै आइरहेका छन्।

जडीबुटी उत्पादन तथा स्थानीय बजारमै प्रशोधन गरी बिक्रीवितरण गर्न सके किसानले बढी मूल्य पाउनुका साथै रोजगारीका अवसरसमेत सिर्जना हुने देखिन्छ।

loading...
Continue Reading

अर्थ

शेयर बजार: दोहोरो अङ्कले घट्यो

RSS

Published

on

By

काठमाडौं— धितोपत्र बजारमा आज शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १०.८६ विन्दुले घटेर एक हजार १६८.०६ विन्दुमा पुगेको छ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.८७ विन्दुले घटेर २४७.६१ विन्दुमा पुगेको छ। स्टकका अनुसार कूल १६६ कम्पनीको १२ लाख ६५ हजार ७८६ कित्ता शेयर रु ३६ करोड ७७ लाख छ हजार ६३८ मूल्यमा खरीद बिक्री भएका छन्।

आज कारोवार भएका कूल ११ उपसमूह मध्ये आज वित्त उपसमूह ०.६५ विन्दुले बढेको छ। यस्तै बैंकिङ ४.६२, व्यापार २.९६, होटल १९.५२, विकास बैंक ७.७६, जलविद्युत् ४२.१७, निर्जीवन बीमा ४२.६७, उत्पादन २३.५२, अन्य ११.६०, लघुवित्त २५.५१ र जीवन बीमा ६१.६८ विन्दुले घटेको छ।

यो पनि पढ्नुहोस :  रसुवागढी हाइड्रोपावर सुरुङको ७७ प्रतिशत निर्माण पूरा

घटेको बजारमा गुर्खाज फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, नेपाल एसबिआई बैंक, सेन्ट्रल फाइनान्स कम्पनी, कन्काई डेभलपमेन्ट बैंकका शेयरधनीले आज बढी कमाएका छन्।

यस्तै माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी, मिर्मिरे लघुवित्त वित्तीय संस्था, आँखु खोला जलविद्युत् कम्पनी, नेशनल हाइड्रो पावर कम्पनी, मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले आज बढी गुमाएका छन्।

त्यसैगरी स्टकमा आजै सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोवार सुरु भएको छ। सो संस्थाको सुरुआती कारोवारका लागि प्रतिकित्ता न्यूनतम रु १६८ र अधिकतम रु ५०५ रहने गरी सीमा निर्धारण गरिएको थियो।

loading...
Continue Reading
Advertisement Cheap Air fare and package tours!
loading...

LATEST TWEET

Trending