Connect with us

अर्थ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

RSS

Published

on

काठमाडौँ- सरकारले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा मूल्य समायोजन गरेको छ। नेपाल आयल निगमको मंगलबार बसेको बैठकले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर रु दुई/दुई का दरले घटाई समायोजन गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो।

नयाँ मूल्यअनुसार पेट्रोल रु ११२ प्रतिलिटर, डिजेल र मट्टीतेल रु ९९ प्रतिलिटर रहेको छ। निगमले गत वर्षदेखि कार्यान्वयनमा ल्याएको ‘स्वतः सञ्चालित मूल्य संरचना’ अनुरुप इण्डियन आयल कर्पोरेशन (आईओसी)ले नयाँ मूल्य निर्धारण गरेपछि नेपालमा पनि मूल्य समायोजन गरेको उहाँले जानकारी गराउनुभयो।

यो पनि पढ्नुहोस :  सप्तकोशीमा पानीको बहाव उच्च

यसैगरी निगमले निगमको डिपो/बिक्री केन्द्रदेखि १५ किलोमिटर भित्र लागू हुने क्षेत्रभित्र पनि नयाँ मूल्य तोकेको छ। जसअनुसार झापा, विराटनगर, धनुषाको महेन्द्रनगर, वीरगञ्ज, अमलेखगङ्ज, भलवारी, नेपालगञ्ज र धनगढीमा पेट्रोलको १०८ रुपैंयाँ ५० पैसा, डिजेल र मट्टीतेलको ९५ रुपैंयाँ ५० पैसा तथा पोखरा र दाङका लागि पेट्रोल १०९ रुपैंयाँ ५० पैसा र डिजेल तथा मट्टीतेलको ९६ रुपैंयाँ ५० पैसा नयाँ मूल्य तोकेको छ।

निगमले चालू आर्थिक वर्षको केही महीनामा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्चतम विन्दुमा पुगि निगमलाई अध्याधिक घाटा भए पनि पछिल्लो १५ दिनमा भने नाफासमेत मिलाउँदा पनि अझै करीब रु तीन अर्ब २६ करोड घाटा भएको उहाँले जानकारी गराउनुभयो।

loading...
Continue Reading

अर्थ

शेयर बजार: दोहोरो अङ्कले घट्यो

RSS

Published

on

By

काठमाडौं— धितोपत्र बजारमा आज शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १०.८६ विन्दुले घटेर एक हजार १६८.०६ विन्दुमा पुगेको छ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.८७ विन्दुले घटेर २४७.६१ विन्दुमा पुगेको छ। स्टकका अनुसार कूल १६६ कम्पनीको १२ लाख ६५ हजार ७८६ कित्ता शेयर रु ३६ करोड ७७ लाख छ हजार ६३८ मूल्यमा खरीद बिक्री भएका छन्।

आज कारोवार भएका कूल ११ उपसमूह मध्ये आज वित्त उपसमूह ०.६५ विन्दुले बढेको छ। यस्तै बैंकिङ ४.६२, व्यापार २.९६, होटल १९.५२, विकास बैंक ७.७६, जलविद्युत् ४२.१७, निर्जीवन बीमा ४२.६७, उत्पादन २३.५२, अन्य ११.६०, लघुवित्त २५.५१ र जीवन बीमा ६१.६८ विन्दुले घटेको छ।

यो पनि पढ्नुहोस :  सर्वोच्चद्वारा बीपी राजमार्गमा ठूला गाडी नगुडाउन अन्तरिम अादेश जारी

घटेको बजारमा गुर्खाज फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, नेपाल एसबिआई बैंक, सेन्ट्रल फाइनान्स कम्पनी, कन्काई डेभलपमेन्ट बैंकका शेयरधनीले आज बढी कमाएका छन्।

यस्तै माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी, मिर्मिरे लघुवित्त वित्तीय संस्था, आँखु खोला जलविद्युत् कम्पनी, नेशनल हाइड्रो पावर कम्पनी, मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले आज बढी गुमाएका छन्।

त्यसैगरी स्टकमा आजै सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोवार सुरु भएको छ। सो संस्थाको सुरुआती कारोवारका लागि प्रतिकित्ता न्यूनतम रु १६८ र अधिकतम रु ५०५ रहने गरी सीमा निर्धारण गरिएको थियो।

loading...
Continue Reading
Advertisement Cheap Air fare and package tours!
loading...

LATEST TWEET

Trending