Connect with us

जीवन शैलि

प्रदुषणको कारण बन्दै ‘पोलिष्टर खादा’

RSS

Published

on

काठमाडौं- अतिथि एवं मान्यजनको सम्मान र स्वागतमा लगाइने ‘पोलिष्टर खादा’को प्रयोगपछि उचित व्यवस्थापन हुन नसक्दा प्रदुषणको कारण बन्दै गएको छ।

पोलिष्टरको खादा सहजै र सुपथ मूल्यमा उपलब्ध हुने भएकाले विशिष्ट कार्यक्रमदेखि समान्य घरायसी कार्यक्रमसम्म यसको प्रयोग संस्कृतिका रूपमा विकसित हुँदै गएको छ।

यस्ता खादा नेपालमा चीनबाट आयात हुने गरेको छ। पछिल्लो समयमा सङ्घसंस्थाका औपचारिक कार्यक्रम, सम्मान तथा स्वागत समारोह, पारिवारिक उत्सवलगायत अन्य सुखद अवसरमा सम्मानका लागि व्यक्तिलाई खादा लगाइदिने संस्कृति नै बनेको छ।

यस्ता खादाको प्रयोग प्रायः एकचोटी मात्र हुने र त्यसपछि खासै अन्य प्रयोगमा पनि आउँदैन्। प्रयोग भइसकेपछि यस्ता खादा अन्य फोहरमै मिसाउने गरिन्छ। तर नकुहिने र पुनःप्रयोग पनि नहुने भएकाले यस्ता खादा प्रदुषणको स्रोत हुने गरेको वातावरणविद्हरूको तर्क छ।

नसड्ने र नगल्ने भएकाले पोलिष्टर खादाले पनि प्रदुषण बढाउन प्लाष्टिकको जस्तै योगदान गर्ने स्वच्छ ऊर्जा नेपालका अध्यक्ष एवं वातावरणविद् भूषण तुलाधरको भनाइ छ। स्वच्छ वातावरणका लागि यस्ता खादाको प्रयोग नियन्त्रण गर्नुपर्ने उनको सुझाव छ।

मुलुकभर लाखौँको सङ्ख्यामा यस्ता खादाको प्रयोग हुने गरेको छ। लुगा–कपडाका मात्र नभई अन्य पसलमा पनि पोलिष्टरका खादाको बिक्री हुने गरेको पाइन्छ।

नेपालमा वार्षिक कति परिमाणको खादा आयात हुन्छ भन्ने यकिन तथ्याङ्क सरकारसँग नभए पनि लाखौँको सङ्ख्यामा आयात हुने गरेको अनुमान यस क्षेत्रका व्यवसायीको छ।

पोलिष्टर खादाको व्यापार वर्षेनी लाखौँको सङ्ख्यामा हुने गरेको काठमाडौँको नयाँ सडकका थोक व्यवसायी शङ्कर महर्जनको अनुमान छ।

यो पनि पढ्नुहोस :  छाला सुन्दर बनाउने सरल उपाय

यस्ता खादाको बजार मूल्य औषतमा प्रतिगोटा रु २० देखि रु ४० सम्म पर्ने उनले जानकारी दिए। नगल्ने र जलाउँदा पनि हानिकारक ग्यास निस्कने पोलिष्टरका खादा प्रदुषण नियन्त्रणमा चुनौती बन्दै गएको छ।

पोलिष्टर खादाको विकल्पमा पछिल्लो समयमा सुतीको धागोबाट निर्मित स्वदेशी खादाको माग बढ्दै गएको काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ स्थित ‘द हाइल्याण्ड आर्ट’का प्रोपाइटर कल्पना लिम्बूले जानकारी दिए।

विसं २०६४ देखि सुतीका धागोबाट निर्मित सामग्रीको उत्पादन र बिक्री गर्दै आएकी उनले हाल वार्षिक १० देखि १५ हजारको सङ्ख्यामा सुती धागोका खादा बिक्री हुने गरेको बताउनुभयो। यस्ता खादाको बजार खुद्रा मूल्य रु ७० देखि रु ८० सम्म पर्ने गरेको छ।

पोलिष्टर खादाको प्रयोगले देखिएको उक्त चुनौतीलाई ध्यानमा राखेर नै पछिल्लो समयमा सरकार, राजनीतिक दललगायत कतिपय सङ्घसंस्थाका कार्यक्रममा सुती धागोबाट निर्मित स्वदेशी खादाको प्रयोग गर्न शुरु गरिएका छन्।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय संस्कृत विभागका उपप्रध्यापक निर्मला पोखरेलले खादा लगाउने आयातित संस्कृति भएको भन्दै यसलाई हटाउनुपर्ने बताए।

भौगोलिक विविधताका कारण नेपालमा विभिन्न प्रकारका फूल १२ महीना पाइने भएकाले पनि फूलको माला लगाउने नेपाली संस्कृतिलाई नै प्रोत्साहन गर्नुपर्ने उनको धारणा छ।

त्रिभुवन विश्वविद्यालय संस्कृति विभागले आफ्नो परिसरमा पोलिष्टर खादाको प्रयोगमा प्रतिबन्ध लगाएको छ। फूलको माला लगाउँदा एलर्जी हुने व्यक्तिले भने सुती धागोबाट निर्मित खादा प्रयोग गर्नसक्ने संस्कृतिविद् पोखरेलको सुझाव छ।

Continue Reading

जीवन शैलि

मृत्युको कारण बन्दै मस्तिष्कघात

RSS

Published

on

By

काठमाडौं— ‘सहयोग’ भन्ने नारासाथ विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मंगलबार विश्व मस्तिष्कघात दिवस नेपालमा पनि मनाइयो।

मस्तिष्कघात भन्नाले दिमाग र मेरुदन्डमा अचानक रक्तसन्चालनमा अवरोध हुने प्रक्रिया अथवा नसा फुटेर रक्तश्राव भइ स्नायुको कामलाई असर पुगी शरीरको कुनै भाग/अंगमा कमजोरी देखिने अवस्थालाई जनाउँछ।

मस्तिष्कघातले निम्त्याउने अपांगताले बिरामीलाई चाहिने स्याहार–सुसार, पारिवारिक सहयोग र पुनःस्थापनामा केन्द्रित गर्न यस वर्षको नारा तय भएको बताइएको छ।

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका वरिष्ठ नसारोग विशेषज्ञ डा. राजु पौडेल मस्तिष्कघातकाबारेमा आमजनतामा चेतना अझै नरहेको र छिटोभन्दा छिटो अस्पतालमा पुर्‍याएमा बिरामीलाई यसबाट पर्ने दूरगामी असर धेरै कम गर्नसकिने बताउँछन्।

शारीरिक सन्तुलनमा अचानक गडबड, आँखा कमजोर, अनुहार बांगिए, हात वा गोडामा कमजोरी, बोली लरबरिनुलगायत यसका प्रारम्भिक लक्षण रहेको चिकित्सक बताउँछन्।

डा. पौडेल भन्छन्–‘यीमध्ये कुनै लक्षण देखिएमा चार घन्टाभित्र अस्पतालमा पुर्‍याउन सकिएमा मस्तिष्कघातले निम्त्याउने धेरै असरलाई न्यूनीकरण गर्न सकिन्छ।’

पछिल्लो समयमा विभिन्न कारणले मस्तिष्कघात बढ्दोक्रममा नै रहेको बताइन्छ ।

यो पनि पढ्नुहोस :  खुट्टाको हेरचाह

एक अध्ययनअनुसार नेपालमा मस्तिष्कघात भएकामध्ये ६० देखि ७० प्रतिशत रक्तनलीमा हुने अवरोध (रक्तश्राव)का कारण भएको पाइएको थियो। तर, विकसित देशमा रक्तश्रावबाट कमै मात्रामा मस्तिष्कघात हुने गर्दछ।

विश्व स्वास्थ्य संगठनकाअनुसार हरेक दुई सेकेन्डमा एकजना मस्तिष्कघातबाट पीडित हुने र १० सेकेन्डमा एकको मृत्यु यही कारण हुने गर्दछ।

हरेक वर्ष एक करोड ४० लाख मानिस मस्तिष्कघातबाट प्रभावित हुने गर्दछन्। विश्वमा ६० लाखको त यही कारण मृत्यु हुने गर्दछ। मृत्युको दोस्रो कारक तत्वकारुपमा यसलाई लिइन्छ। ६ मध्ये एकलाई मस्तिष्कघात हुनसक्ने अध्ययनले देखाएको छ।

मस्तिष्कघात हुन नदिन के गर्ने?

डा. पौडेल मस्तिष्कघातको जोखिम न्यूनीकरण गर्न रक्तचाप, मधुमेह, मोटोपन, खानपानलगायतमा ध्यान दिनुपर्ने सुझाव दिन्छन्।

उनी भन्छन्–‘रक्तचाप नियन्त्रण, समयमै मधुमेहको पहिचान र उपचार, मोटोपना र तौल नियन्त्रण, शरीरको रगतमा भएको कोलेस्ट्रोलको मात्रा नियन्त्रण, धूमपान तथा मद्यपान सेवन नगर्ने, अनुशासित जीवनशैली र पद्धति अपनाउनुपर्छ।’

यस्तैगरी, मस्तिष्कघातपछि हुने कमजोरी विश्वमा नै अपांगताको दोस्रो ठूलो कारणका रुपमा रहेको छ।

यो धेरैजसो मानिसमा ६० वर्षपछि देखिएपनि एक चौथाइ मानिस भने सक्रिय जीवन बिताइरहेका समयका हुने चिकित्सक बताउँछन्।

डा. पौडेलकाअनुसार चिकित्सकको परामर्शमा रगत पातलो गर्ने औषधि सेवन गरेमामात्र ४० प्रतिशतभन्दा बढी मस्तिष्कघातलाई नियन्त्रण गर्न सकिन्छ।

Continue Reading
Advertisement Cheap Air fare and package tours!
loading...

LATEST TWEET

Trending