Connect with us
Gorkha Post

Published

on

काठमाण्डौ — नेपाली फिल्म ‘शत्रु गते’को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार ललिपुरस्थित एक क्याफेमा पत्रकार सम्मेलन गरी फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

ट्रेलरमा फिल्मले युवापुस्ता केन्द्रित सामाजिक कथाको थिम बोकेको देखिन्छ। ट्रेरलमा ३ पुस्ताका कलाकारको अभिनय देख्न सकिन्छ।

फिल्ममा हास्य अभिनेता मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँगै युबा पुस्ताको चर्चित अभिनेता पल शाह, अभिनेत्री आँचल शर्माको अभिनय छ।

शीर्ष भूमिकामा रहेका पल शाह र आँचल शर्मा बाहेक अन्य स्थापित कलाकारहरु बसुन्धरा भुषाल, राजाराम पौडेल, अञ्जु महर्जन, राजु भुजु, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरी पौड्याल, प्रियङ्का कार्की, मोहितवंश आचार्य, किरण केसी, रवि शर्मा लगायतको अभिनय रहेको जानकारी दिइएको छ।

यो पनि पढ्नुहोस :  उपत्यकाका हलहरुमा बक्स अफिस लागू

चैत्र ९ बाट प्रदर्शनको तयारीमा रहेको फिल्मलाई प्रदीप भट्टराईले निर्दशन गरेका हुन्। उनी महासंचारका लागि टेलिश्रृङ्खला एवं फिल्ममा निर्देशकको रुपमा काम गर्दै आएका छन्।

फिल्मलाई रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसकार, दीपकराज गिरी, दीपाश्री निरौला र शिवहरी पौड्यालले संयुक्त लगानीमा निर्माण गरेका हुन्।

हरिवंश आचार्यको कथा रहेको फिल्ममा दीपकराज गिरी र प्रदिप भट्टराईले पटकथा लेखेका हुन्। संवाद लेखनमा पनि प्रदिप भट्टराईले हरिवंश आचार्यलाई सहयोग गरेका छन्।

‘रुपै मोहनी’ र ‘पिरतीको बर्को’ गीत दर्शकमाझ लोकप्रिय बनिसकेको छ।

Continue Reading

मनोरन्जन

कलाकार राणाको निधन

Pratigya Waiju

Published

on

काठमाडौं— नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार बिएस राणाको आज बिहान ७९ वर्षको उमेरमा निधन भएको छ। उहाँको उपचारका क्रममा आज बिहान शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको लेखक तथा कलाकार घनश्याम खतिवडाले जानकारी दिनुभयो।

करीब ३० वर्ष बेलायतमा बस्नुभएका राणाले त्यहाँ रहँदा विश्वविख्यात साहित्यका शेक्सपियरका नाटकहरुमा अभिनय गर्नुभएको थियो। राणाले विसं २०४१ देखि नेपाली चलचित्रमा पनि अभिनय शुरु गर्नु भई दर्जनौँ चलचित्रमा अभिनय गर्नुभएको छ।

यो पनि पढ्नुहोस :  मिस तामाङ २०१८ को उपाधि पर्साकी सिमरन स्याङ्बोलाई

उहाँले अभिनय गरेका दक्षिणा, कोसेली, चिनो, दुई थोपा आँशु, नेपाली बाबु, करोडपति, दर्पण छायाँ–२, सेतो बाघ, हबल्दार, सुन्तली, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, आई एम सरी, दासढुङ्गा, बसन्ती लगायतका चलचित्र तथा दर्जनौँ टेलिचलचित्रमा अभिनय गर्नुभएको छ।

काठमाडौं बूढानीलकण्डका स्थायी बासिन्दा राणा केही समयदेखि ललितपुरको भैँसेपाटीमा बस्दै आउनुभएको थियो। उहाँको श्रीमती र तीन छोरी हुनुहुन्छ। उहाँको छोराको भने केही वर्षअघि नै निधन भइसकेको छ।

Continue Reading
Advertisement Cheap Air fare and package tours!
loading...

LATEST TWEET

Trending