Connect with us

मनोरन्जन

बलिउड अभिनेता गोविन्दा नेपालमा

Gorkha Post

Published

on

काठमाण्डौ — बलिउडका अभिनेता गोविन्दा शनिबार दिउँसो नेपाल आएका छन्। राष्ट्रिय सभागृहमा आइतबार हुने एलजी सिने सर्कल अवार्डमा सहभागी हुन उनी काठमाडौँ आएका हुन्।

उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सर्कलका अध्यक्ष दिनेश डिसीलगायत कलाकारहरुले स्वागत गरे।

दिनेश डिसीको परिकल्पनामा हुँदै आएको एलजी सिने सर्कल अवार्ड वितरण समारोहमा गोविन्दले सहभागिता जनाउने छन्।

यो पनि पढ्नुहोस :  तेजकुमार बने प्रथम खोटाङ आइडल

अवार्डमा २०७४ सालको वैशाखदेखि चैत्र मसान्तसम्म रिलिज गरिएका नेपाली फिल्मलाई समेटिए छ र लाइफटाईम अचिभमेन्टसहित २३ विधामा अवार्ड प्रदान गरिने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ।

यसवर्ष निर्देशक किशोर रानालाई लाइफ टाइम एचिभमेन्ट अवार्डले सम्मान गर्ने भएको छ।

अवार्डका लागि यसअघि नै मनोनयन सार्वजनिक गरिसकिएको छ।

Continue Reading

मनोरन्जन

कलाकार राणाको निधन

Pratigya Waiju

Published

on

काठमाडौं— नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार बिएस राणाको आज बिहान ७९ वर्षको उमेरमा निधन भएको छ। उहाँको उपचारका क्रममा आज बिहान शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको लेखक तथा कलाकार घनश्याम खतिवडाले जानकारी दिनुभयो।

करीब ३० वर्ष बेलायतमा बस्नुभएका राणाले त्यहाँ रहँदा विश्वविख्यात साहित्यका शेक्सपियरका नाटकहरुमा अभिनय गर्नुभएको थियो। राणाले विसं २०४१ देखि नेपाली चलचित्रमा पनि अभिनय शुरु गर्नु भई दर्जनौँ चलचित्रमा अभिनय गर्नुभएको छ।

यो पनि पढ्नुहोस :  अभिनेत्री सोनम कपुरले गरिन बिहे

उहाँले अभिनय गरेका दक्षिणा, कोसेली, चिनो, दुई थोपा आँशु, नेपाली बाबु, करोडपति, दर्पण छायाँ–२, सेतो बाघ, हबल्दार, सुन्तली, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, आई एम सरी, दासढुङ्गा, बसन्ती लगायतका चलचित्र तथा दर्जनौँ टेलिचलचित्रमा अभिनय गर्नुभएको छ।

काठमाडौं बूढानीलकण्डका स्थायी बासिन्दा राणा केही समयदेखि ललितपुरको भैँसेपाटीमा बस्दै आउनुभएको थियो। उहाँको श्रीमती र तीन छोरी हुनुहुन्छ। उहाँको छोराको भने केही वर्षअघि नै निधन भइसकेको छ।

Continue Reading
Advertisement Cheap Air fare and package tours!
loading...

LATEST TWEET

Trending