Connect with us

स्वदेश

बसले किचेर एक किशोरको मृत्यु

RSS

Published

on

तनहुँ — शुक्रबार बिहान तनहुँमा बसले किचेर एक किशोरको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार तनहुँको बन्दीपुर गाउँपालिका-४ पिप्लेका १५ वर्षीय विश्वास थापाको बसले किचेर मृत्यु भएको हो।

आफ्नै बावु बलक थापाले घर अगाडि रोकिराखेको ग १ ख ४६५८ नंको बस पछाडि गर्ने क्रममा बसले किचेर विश्वास घाइते भएका थिए।

यो पनि पढ्नुहोस :  दुई सैनिक मृत फेला

थापाको उपचारको क्रममा बन्दीपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। प्रहरिले ठक्‍कर दिने बस र बावुलाई नियन्त्रणमा लिएको छ।

Continue Reading

स्वदेश

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते

RSS

Published

on

By

हेटौँडा— मकवानपुरको बागमती गाउँपालिका–४ पाँचपाण्डवमा शनिबार साँझ भएको ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। फापरवारीबाट सिन्धुलीतर्फ निर्माण सामग्री लिएर जाँदै गरेको ना६त ४४२ नंको ट्याक्टर दुर्घटनामा अन्य पाँच जना गम्भीर घाइते भएको स्थानीयवासी निर्मल तिमल्सिनाले जानकारी दिनुभयो।

दुर्घटनामा सिन्धुली हरिहरपुर गाउँपालिकाका ५० वर्षीय हेमकुमार श्रेष्ठको घटनास्थलमा र सोही स्थानका ५० वर्षीय बखत राईकोे उपचारका लागि हेटौँडातर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

यो पनि पढ्नुहोस :  मापदण्डभन्दा बढी शुल्क लिने निजी विद्यालयलाई कारबाही गरिने

दुर्घटनामा परी घाइते जनकल्याण आधारभूत विद्यालय लमकन्नाकी शिक्षिका शिवमाया मगर, शक्ति राई, मोहन राई , कृष्ण राई र तिलक राईलाई उपचारका लागि हेटौँडा ल्याइएको छ भने उनीहरुको अवस्था गम्भीर रहेको जनाइएको छ।

निर्माणाधीन धरान–चतरा राजमार्गअन्तर्गत मकवानपुर र सिन्धुली जोड्ने पुलको करीब दुई किलोमिटर नजिकै ट्याक्टर दुर्घटना भएको हो। ट्याक्टर अनियन्त्रित भई पल्टिएको अनुमान गरिएको छ। ट्याक्टर निकाल्न जेसिबी नै प्रयोग गर्नुपर्ने अवस्था रहेको शिक्षिका राईले बताउनुभयो।

Continue Reading
Advertisement Cheap Air fare and package tours!
loading...

LATEST TWEET

Trending