Connect with us

समाचार

बस दुर्घटनामा दुई जनाको मृत्यु

RSS

Published

on

रोल्पा- लुङ्ग्री गाउँपालिका–३ जुतुङखोलामा सोमबार बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा २६ यात्रु घाइते भएका छन्। सुलीचौरबाट जुतुङखोलातर्फ जाँदै गरेको ग१ख ५५२१ नंको बस दुर्घटनामा परेको हो।

मृत्यु हुनेमा बस चालक प्यूठान स्वर्गद्धारी नगरपालिका–५ सारीका नमराज आले तथा यात्रु रोल्पा लुङ्ग्री गाउँपालिका–५ का ११ महिनाका बालक नितेश विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यो पनि पढ्नुहोस :  बहराइन र नेपालको आर्थिक सम्बन्ध सुदृढ बन्दै

घाइते १४ जनालाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको छ। अन्यको सुलीचौर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको बताइएको छ।

Continue Reading

समाचार

रु ८१ हजार ८०० सहित बाह्र जुवाडे पक्राउ

RSS

Published

on

By

साँखु— महानगरीय प्रहरी प्रभाग साँखु र प्रहरी चौकी नाङ्लेभारेले शनिबार साँझ काठमाडौं चापकोबोटबाट रु ८१ हजार ८०० सहित बाह्र जुवाडे पक्राउ गरेको छ।

शङ्खरापुर नगरपालिका–१ चापकोबोटस्थित कृष्णबहादुर थिङको घरमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोलीले पक्राउ गरेको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक लक्ष्मी खनालले जानकारी दिए।

यो पनि पढ्नुहोस :  सदन बाहिर सत्तापक्ष र प्रतिपक्षबीच आरोप प्रत्यारोप

पक्राउ पर्नेमा काठमाडौं शङ्खरापुर–१ बस्ने ५१ वर्षीय खड्कबहादुर भुजेल, सोही ठाउँका ४६ वर्षीय सीताराम रिमाल, ५७ वर्षीय बखान तामाङ, ५२ वर्षीय बुदे लामा, ६६ वर्षीय हेमबहादुर वास्तकोटीलगायत बाह्र जना रहेको खनालले बताए।

पक्राउ परेका उनीहरुको थप अनुसन्धान भइरहेको तथा प्रचलित कानूनअनुसार मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ।

यसअघि पनि महानगरीय प्रहरी वृत्त बौद्ध मातहत जोरपाटी र बौद्धको फूलबारीबाट ठूलो रकमसहित जुवाडे पक्राउ गरी प्रहरीले मुद्दा चलाएको थियो।

Continue Reading
Advertisement Cheap Air fare and package tours!
loading...

LATEST TWEET

Trending