Connect with us

स्वदेश

बुद्धमूर्ति चोरीको आरोपमा वडाध्यक्ष पक्राउ

RSS

Published

on

डोल्पा — बुद्धमूर्ति चोरीको आरोपमा हिमाली जिल्ला डोल्पाका एक वडाध्यक्ष पक्राउ परेका छन्।

प्रहरीले उपल्लो डोल्पाको डोल्पोबुद्घ गाउँपालिका–५ का वडाध्यक्ष कार्मा गुरुङलाई मूर्ति चोरीको आरोपमा पक्राउ गरेको हो। शे–फोक्सुण्डो गाउँपालिका–४ स्थित राहाप गुम्बाका बुद्ध मूर्ति चोरीको आरोपमा वडाध्यक्ष गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

वडाध्यक्ष गुरुङलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौँको बौद्धबाटै पक्राउ गरेको हो।

गुरुङ गएको स्थानीय तहको निर्वाचनमा डोल्पोबुद्ध गाउँपालिकाको वडा नं ५ को अध्यक्षमा स्वतन्त्रबाट बिजयी भएका थिए भने पार्टी एकतापछि नेकपामा प्रवेश गरेका थिए।

यो पनि पढ्नुहोस :  लुटेराको गोली लागेर एकजना घाइते

शे–फोक्सुण्डो गाउँपालिका–४ साल्दाङस्थित राहाप गुम्बाकै बौद्घ मूर्ति चोरीको आरोपमा शे–फोक्सुण्डो गाउँपालिका–४ का ४१ वर्षीय उक्रेन पासाङ गुरुङ, डोल्पोबुद्ध गाउँपालिका–१ का ४१ वर्षीय झ्याम्पाछुल्डिम लामा, वडा नं ३ का ४३ वर्षीय छिरिङ दावा गुरुङ र शे–फोक्सुण्डो गाउँपालिकाका ४३ वर्षीय पासाङ लुण्डुप गुरुङलाई विशेष अनुसन्धान ब्यूरो (सिआइबी)ले काठमाडौँको बौद्घबाटै पक्राउ गरेको थियो।

वडाध्यक्षको पक्राउ सम्बन्धमा जिप्रका डोल्पाका प्रहरी नायब उपरीक्षक अवदेश विष्टसँग बुझ्दा मूर्ति चोरीको आरोपमा उनी पक्राउ परेको र पक्राउ पर्ने क्रम जारी रहेकाले अनुसन्धान जारी रहेको उनले बताए।

प्राचीन मूर्ति चोरीको आरोपमा यसअघि नै चार जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। पक्राउ परेका चार जनालाई केही दिन अगाडि मात्रै जिप्रका डोल्पामा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको थियो।

राहापगुम्बाबाट ४२ थान प्राचीन बौद्ध मूर्ति आठ वर्षअघि नै चोरी भएको भए पनि यसै वर्षको गत असोजको अन्तिम सातामात्रै स्थानीयवासीले थाहा पाएका थिए।

loading...
Continue Reading

स्वदेश

डोटीमा हिमपात, जनजीवन प्रभावित

RSS

Published

on

By

डोटी— सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीमा गए रातिदेखी हिमपात शुरु भएको छ। हिमपातका कारण यहाँको जनजीवन प्रभावित भएको छ।

हिमपातसँगै भारी वर्षाका कारण डोटीका लेकाली बस्ती हिउँले सेताम्य भएका छन्। हिमपातका कारण स्थानीयवासी घरबाहिर निस्किन सकिरहेका छैनन्।

जिल्लाको खप्तड, भल्मा, गोलादेउ, शिखर, नापानी, केदार धुरा, उदैनीलगायत उच्च लेकाली क्षेत्रमा अहिलेसम्म पनि हिउँ परिरहेको स्थानीयवासी दीपक खवासले बताउनुभयो। उहाँका अनुसार बाक्लो हिमपातका कारण यहाँका बासिन्दालाई गाईवस्तु चराउनसमेत कठिन भएको छ।

हिमपात र वर्षा भएपछि यहाँका पानी नलाग्ने लेकाली भेगका किसान खेती सप्रिने आसामा छन्। त्यस्तै सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा करीब दुई फुट जति हिउँ परेको नेपाली सेनाले जनाएको छ।

यो पनि पढ्नुहोस :  पतिको कुटपिटबाट पत्नीको मृत्यु

हिमपातसँगै जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दीपायलमा भारी वर्षा भइरहेको छ। वर्षात्का कारण यहाँका प्रमुख व्यापारी केन्द्रका पसल पनि खुल्न सकेका छैनन्।

त्यस्तै हिमपातका कारण अत्तरिया स्याउले जोड्ने भीमदत्त राजमार्ग पनि बन्द भएको दीपायलस्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

डोटीको गैरा र डडेल्धुराको हगुल्टेमा हिमपात भएका कारण दजनौँ सवारी साधन स्याउले र डोटीको गैरामा जम्मा भएको बुडर डोटी इलाका प्रहरी कार्यालयका प्रमुख रुपसिंह थापाले जानकारी दिनुभयो।

हिउँ हटाउन र बाटो सञ्चालन गराउनका लागि डिभिजन सडक कार्यालयबाट डोजर मगाइएको प्रहरीले जनाएको छ।

loading...
Continue Reading
Advertisement Cheap Air fare and package tours!
loading...

LATEST TWEET

Trending