Connect with us

खेलकुद

मनमोहन स्मृति कप क्रिकेट शुरु

RSS

Published

on

इनरुवा- सुनसरी सदरमुकाम इनरुवामा शुक्रबारदेखि मनमोहन स्मृति कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता शुरु भएको छ। राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले सो प्रतियोगिताको उद्घाटन गर्नुभयो।

इनरुवा खेलमैदानमा प्रतियोगिता सञ्चालनका लागि निर्माण गरिएको क्रिकेट पिचमा इनरुवा नगरप्रमुख राजन मेहताको बलिङमा ब्याटिङ गर्दै विष्टले प्रतियोगिता उद्घाटन गर्नु भएको हो।

सो अवसरमा सदस्यसचिव विष्टले खेलले आर्थिक, सामाजिक, शिक्षा, मानसम्मान सबै प्रदान गर्ने भएकाले खेलको विकास भए नगरको आफैँ विकास हुने बताउनुभयो।

मोफसलकै ठूलो मानिएको राष्ट्रियस्तरको एक दिवसीय क्रिकेट प्रतियोगिताको उद्घाटनसत्रमा नेपाली क्रिकेटका राष्ट्रिय प्रशिक्षक जगतबहादुर टमाटा, खेदकूद परिषद्का केन्द्रीय सदस्य शम्भु आचार्य, सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती, प्रहरी प्रमुख राजन अधिकारीलगायतको उपस्थिति रहेको थियो।

यो पनि पढ्नुहोस :  वर्ल्ड कप : कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै इंग्ल्यान्ड क्वार्टरफाइनलमा प्रवेश

क्रिकेट प्रतियोगितालाई इनरुवा नगरपालिका र शान्तिदीप नेपालले संयुक्त रूपमा आयोजना गरेको हो। प्रतियोगिताअन्तर्गत पहिलो खेल आज नेपाल पुलिस क्लब र प्रदेश नं २ बीच हुँदैछ।

प्रतियोगिताका विजेताले नगद रु चार लाख एक हजारसहित शिल्ड पाउने छ भने उपविजेता टोलीले रु दुई लाख एक हजार राशि प्राप्त गर्नेछ। त्यस्तै सेमिफाइनल पुग्ने दुई टिमले समेत रु २५ हजारका दरले पुरस्कार हात पार्नेछन्।

प्रतियोगितामा तीन विभागीयसहित सातै प्रदेश, आयोजक इनरुवा र भारतको सुपौल क्रिकेट क्लबले प्रतिस्पर्धा गर्ने आयोजक संस्था शान्तिदीप नेपालका सचिव सुनिल चौलागाईंले बताउनुभयो।

loading...
Continue Reading

खेलकुद

एएफसी यू–२३ च्याम्पियनशिप: छनोट चरणको पहिलो खेलमा नेपालले ओमनसँग खेल्ने

RSS

Published

on

By

काठमाडौं— थाइल्याण्डमा सन् २०२० मा आयोजना हुने एएफसी यू–२३ च्याम्पियनशिप फुटबलका लागि छनोट चरणको पहिलो खेलमा नेपालले ओमानको सामना गर्ने भएको छ।

एशियन फुटबल फेडेरेसन (एएफसी) ले गएराति सार्वजनिक गरेको खेलतालिका अनुसार समूह ‘ए’मा परेको नेपालले पहिलो खेल ओमानसँग खेल्ने भएको हो।

कतारमा हुने छनोटको पहिलो खेलमा नेपालले ओमानसँग आगामी मार्च २२ मा पहिलो खेल खेल्नेछ। छनोटको कठिन समूहमा परेको नेपालले दोस्रो खेल आयोजक कतारसँग २४ मार्चमा खेल्नेछ। नेपालले समूह चरणको अन्तिम खेल अफगानिस्तानसँग मार्च २६ मा खेल्नेछ।

यो पनि पढ्नुहोस :  धनगढी प्रिमियर लिग २ को उपाधि टिम चौराहलाई

समूहको शीर्ष टोलीले एएफसी यू–२३ च्याम्पियनशिप खेल्नेछन्। यस्तै दोस्रो टोलीमध्ये उत्कृष्ट चार टोलीले पनि च्याम्पियनशिप खेल्ने मौका पाउनेछन्।

च्याम्पियनशिपका लागि ४४ टोलीले छनोट खेल खेलिरहेका छन्। जसलाई एएफसीले ११ समूहमा विभाजन गरेको छ। फाइनल चरणको च्याम्पियनशिपमा १६ टोलीको सहभागिता रहनेछ।

नेपालले अहिलेसम्म एएफसी यू–२३ मा उच्च प्रदर्शन गर्न सकेको छैन। नेपाल पहिलो चरणबाटै आउट हुँदै आएको छ। यस पटक कठिन समूहमा रहेको कारण नेपालको दोस्रो चरणको सम्भावना निकै कठिन रहेको छ।

loading...
Continue Reading
Advertisement Cheap Air fare and package tours!
loading...

LATEST TWEET

Trending