Connect with us

समाचार

म्याग्दीको तातोपानीमा ‘बाथ टब’ रिजर्भ गरेर नुहाउन पाइने

RSS

Published

on

गलेश्वर- प्राकृतिक चिकित्सालयको रूपमा चर्चित म्याग्दीको प्रसिद्ध तातोपानी कुण्डमा उपचारका लागि स्नान गर्न (डुब्न) आउने बिरामीलाई लक्षित गरी ‘बाथ टब’ निर्माण गरिएको छ।

म्याग्दीको बेनी नगरपालिका–४ मा अवस्थित तातोपानी कुण्डमा बिरामीको अत्यधिक चाप बढेसँगै पूर्वाधार विस्तार गर्ने क्रम पनि बढिरहेको छ। विशेषगरी पछिल्लो समय विदेशी पर्यटक र नेपालका विशिष्ट व्यक्ति कुण्डमा नुहाउन आउने क्रम बढेपछि तातोपानी कुण्ड व्यवस्थापन समितिले पूर्वाधार निर्माणलाई तीव्रता दिएको हो।

यो पनि पढ्नुहोस :  बस र ट्रक ठोक्किँदा १९ घाइते

यही क्रममा कुण्ड बाहिर रहेका तातोपानीका धाराहरु नजिक ‘मिनी कुण्ड’ र मुख्य कुण्डभित्र विशिष्ट व्यक्तिहरुलाई लक्षित गरी ‘बाथ टब’ को निर्माणकार्य अन्तिम चरणमा पुगेको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताउनुभयो।

अध्यक्ष शाक्यका अनुसार नयाँ निर्माण गरिएका कुण्ड (पोखरी)हरुलाई रिजर्भ गरेर समेत नुहाउन सकिने व्यवस्था गरिएको छ। नयाँ कुण्डमा एक पटकमा २५ जनासम्मले नुहाउन सक्नेछन्।

परिवार र साथीभाइसँग आउने व्यक्तिले कुण्ड रिजर्भ गरेर नुहाउन सक्ने उहाँको भनाइ रहेको छ। बाथ टबमा प्रतिघण्टा प्रतिव्यक्ति रु २०० शुल्क तोकिएको छ।

loading...
Continue Reading

समाचार

बौद्धमा ‘पर्यटक प्रहरी पोष्ट’ स्थापना

RSS

Published

on

By

काठमाडौं— उपत्यकाको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको बौद्ध क्षेत्रमा ‘पर्यटक प्रहरी पोष्ट’ स्थापना गरिएको छ।

पर्यटक प्रहरीले बौद्ध क्षेत्र विकास समितिको सहकार्यमा सोमबारदेखि पोष्ट सञ्चालन गरी काम थालेको छ। उक्त पोष्टमा प्रहरी नायब निरीक्षकको नेतृत्वमा सात पर्यटक प्रहरी खटाएको छ।

पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपका प्रमुख एवं प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतका अनुसार उपत्यकाका सबै पर्यटकीयस्थलमा पर्यटक प्रहरीको उपस्थित रहने योजनाअनुरुप उक्त पोष्ट स्थापना गरिएको हो।

यो पनि पढ्नुहोस :  १५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा ७५ वर्षीय वृद्ध पक्राउ

“ठमेलपछि धेरै पर्यटकले घुम्ने स्थान बौद्ध क्षेत्र हो, त्यसैले उक्त क्षेत्रमा पोष्ट स्थापना गरेका हौँ”, उहाँले भन्नुभयो। यसअघि ठमेल, भक्तपुर, नगरकोट, पाटन, वसन्तपुर, पशुपति, स्वयम्भू र एयरपोर्ट क्षेत्रमा पर्यटक प्रहरी पोष्ट स्थापना गरिएको थियो।

सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको योजनालाई सफल पार्न पर्यटक प्रहरी पोष्टको ठूलो महत्व रहने पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपले जनाएको छ।

बौद्ध क्षेत्रमा पर्यटक प्रहरी पोष्ट स्थापना भएसँगै हालसम्म देशभर २६ स्थानमा पर्यटक प्रहरीको उपस्थिति पुगेको छ। हाल देशभर दुई सयभन्दा बढी पर्यटक प्रहरीले पर्यटकलाई सेवा प्रदान गर्दै आएका छन्।

loading...
Continue Reading
Advertisement Cheap Air fare and package tours!
loading...

LATEST TWEET

Trending