Connect with us

विश्व

यही महिना मलेसियामा नयाँ राजा चयन हुने

RSS

Published

on

क्वालालम्पुर- मलेसियामा बाहलवाला राजाले पद त्याग गरेकाले यही महिना नयाँ राजा चयन गरिने भएको छ। नयाँ राजा चयनसँगै उहाँको पदबहाली समारोह पनि यही महिना गर्ने कार्यतालिका बनाइएको राजप्रासाद अधिकारीहरुले सोमबार बताएका छन्। मलेसियाका नौ वटा राज्यबाट पालैपालो हरेक पाँच वर्षमा नयाँ राजा चयन गर्ने अनौठो प्रचलन रहेको छ।

पछिल्ला राजा सुल्तान मुहम्मद पाँचौँले आफ्नो कार्यकाल पुरा नहुँदै आईतबारदेखि लागु हुनेगरी राजगद्दी त्यागेको घोषणा गर्नु भएपछि नयाँ राजाको खोजीका लागि निर्वाचन भएको हो।

रूसी पूर्व सुन्दरीसँग विवाह गरेकाले उहाँले समय अगावै राजगद्दी त्यागेको अनुमान गरिएको छ। मलेसियामा सन् १९५७ यता कुनै राजाले राजगद्दी त्याग गरेको यो पहिलो घटना हो। उहाँले गत नोभेम्बरमा औषधि उपचारका लागि भन्दै लामो विदा लिनुभएको थियो।

राजा सुल्तानले दुई बर्ष अगाडी राजगद्दी सम्हाल्नु भएको थियो। राजप्रासाद कार्यालयले ४९ वर्षीय राजाले राजगद्दी त्याग गर्नुको कुनै कारण भने खुलाएको छैन।

यो पनि पढ्नुहोस :  बिमान दुर्घटनाको जानकारि लिन बंगलादेश सरकारको उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल मंगलबार काठमाण्डौमा

राजप्रासाद कार्यालयद्वारा जारी वक्तव्यमा भनिएको छ, “महाराजाधिराज सुल्तानले जनवरी ६ तारिखबाट लागू हुनेगरी १५औं राजाका रुपमा गद्दी त्याग गरेको घोषणा गर्नुभएको छ।”

नयाँ राजा चयन गर्नका लागि यही जनवरी २४ तारिखका दिन सम्बन्धित निकायको बैठक बोलाइएको अधिकारीहरुले जनाएका छन्। नयाँ चयन भएका राजाले जनवरी ३१ मा पदबहाली गर्ने उनीहरूको भनाई छ।

नयाँ राजाको पदबहाली समारोहलाई भव्य बनाइने छ। समारोहमा उहाँलाई सुरक्षाकर्मीहरूले सम्मानस्वरूप सलामी चढाउने छन् भने मुस्लीम पुजारी र हजारौ अतिथिहरू परम्परागत पोशाकमा सहभागी हुनेछन्।

मुस्लिम–बहुल मलेसियामा संवैधानिक राजतन्त्रात्मक व्यवस्था रहेको छ। उनीहरु विषेशगरी मुस्लीम मलाय समुदायबाट चयन हुन्छन्। मलेसियामा राजालाई अति धेरै सम्मान गरिन्छ भने उनीहरुको आलोचना गर्न कडा प्रतिबन्ध रहेको छ।

Continue Reading

विश्व

भेनेजुएलाका विपक्षी नेताका परिवारजनलाई धम्की

RSS

Published

on

By

काराकास— भेनेजुएलाका विपक्षी नेता हुवाँ गुएइदोले राष्ट्रपति निकोलास मदुरोप्रति बफादार विशेष प्रहरीले आफ्ना परिवारजनलाई सोधपुछ गरेर मानसिक तनाब दिइरहेको बताउनुभएको छ।

गत हप्ता आफैँलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका ३५ वर्षीय नेता गुइएदोले आफूलाई पनि सुरक्षा चुनौती रहेको बताउनुभयो। प्रहरीको विशेष टोलीले विपक्षी नेता गुइएदोको घरमा गएर उहाँकी श्रीमतीसँग सोधीखोजी गरेको बताइएको छ।

गुइएदोले काराकास विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गरिरहेकै बेला प्रहरी टोलीले उहाँकी श्रीमती फावियाना रोजालेससँग सोधीखोजी गरेको हो।

यो पनि पढ्नुहोस :  भेनेजुएलाका विपक्षी नेताका परिवारजनलाई धम्की

राष्ट्रिय सभाका नेता गुइएदोको घोषणाले राष्ट्रपति मदुरोलाई ठूलो चुनौती भएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन्। युरोपेली देशका सांसदहरुले यसअघि नै गुइएदोलाई देशको कार्यबाहक प्रमुखको मान्यता दिँदै अगाडि बढ्न भनेका थिए।

चीन, रुस लगायतका देशहरुले भने निकोलासलाई नै मान्यता दिँदै विद्रोही नेता गुएइदोको विपक्षमा उभिएका छन्। विदेशी समुदायको समर्थन रहेकाले राष्ट्रपति मदुरोका विरुद्धमा विपक्षीहरुले भेनेजुएलामा देशव्यापी प्रदर्शन गरिरहेका छन्।

मङ्गलबार मात्रै सर्वोच्च अदालतले गुएइदोलाई देश छाड्न प्रतिबन्ध लगाउँदै सम्पत्ति रोक्का पनि गरिएको जनाएको छ। लामो राजनीतिक सङ्घर्षका कारण चरम आर्थिक सङ्कट भोगिरहेको भेनेजुएलामा राजनीतिक द्वन्द्व थप बढेकाले पछिल्ला केही साता हिंसात्मक घटना पनि धेरै भएका छन्।

विपक्षीहरुले बहिस्कार गरेको निर्वाचनलाई नै वैध मानेर निकोलास मदुरोले राष्ट्रपतिको दोस्रो कार्यकाल सुरु गरेपछि विवाद थप चर्किएको हो।

Continue Reading
Advertisement Cheap Air fare and package tours!
loading...

LATEST TWEET

Trending