Connect with us

प्रमुख समाचार

राष्ट्रपतिद्वारा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जलि अर्पण

RSS

Published

on

काठमाण्डौ — राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जलि अर्पण गरेकि छन्।

राष्ट्रपति भण्डारीले २९७औँ पृथ्वी जयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आज आयोजित समारोहमा सरिक भई उनको शालिकमा पुष्पहार अर्पण गरी नेपालको एकीकरणमा उनको योगदानको स्मरण गरेकि हुन्।

सो अवसरमा नेपाली सेनाको बैण्डसहितको टुकडीले सम्मान अर्पण गरेको थियो। विसं १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए।

यो पनि पढ्नुहोस :  प्रधानमन्त्रीद्वारा काठमाडौंस्थित विदेशी कुटनीतिक नियोगका प्रमुखहरूलाई 'बिफ्रिङ'

तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको इतिहासविद् बताउँछन्।

सो अबसरमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा र तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले पनि उनीप्रति श्रद्धाञ्जलि अर्पण गरे।

श्रद्धाञ्जलि व्यक्त गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीलगायत विभिन्न राजनीतिक दलका नेता, साहित्यकार, कलाकार एवं समाजका विभिन्न क्षेत्रका महानुभाव सिंहदरबारको पश्चिम मूलद्वार अगाडि पुगेका थिए।

यसअघि ठकुरी सेवा समाज, गे्रेटर नेपाल, गुन्यूचोलो राष्ट्रिय सचेतना अभियान नेपाललगायतका सङ्घसंस्थाको बाजागाजासहितको ¥यालीले पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरेको थियो।

र्‍यालीमा सहभागीले राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ तथा पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा घोषणा होस् भन्ने प्लेकार्ड बोकेका थिए।

loading...
Continue Reading

प्रमुख समाचार

देशभर मौसम बदली, काठमाडौंमा पानी पर्ने

RSS

Published

on

By

काठमाडौं— मुलुकभर आज मौसममा आंशिकदेखि सामान्य बदली भई पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

पश्चिमी वायुको प्रभावले मौसममा आंशिकदेखि सामान्य बदली देखिए पनि बेलाबेलामा घाम पनि लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अपराह्नदेखि भने देशभर पूर्ण बदली भई हल्का वर्षा र उच्च पहाडी भेगतिर मध्यम खालको हिमपात हुने मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो। रातिचाहिँ काठमाडौं उपत्यकामा पनि वर्षा हुन सक्ने बताइएको छ।

“यस अवधिमा न्यूनतम तापक्रम नघटे पनि अधिकतम तापक्रम घट्ने भएकाले बढी चिसो महसुस गरिएको हो”, मौसमविद् नगरकोटीले भन्नुभयो।

यो पनि पढ्नुहोस :  हुम्लामा पनि सडक सञ्जाल जोडनु पर्छ : प्रधानमन्त्री ओली

आज काठमाडौंको न्यूनतम तापक्रम ५.० डिग्री सेल्सियस मापन गरिएको छ। सोमबार काठमाडौंको न्यूनतम तापक्रम ३ दशमलव ८ डिग्री सेल्सियस थियो।

राति देशको पश्चिमी क्षेत्रका अधिकांश स्थानमा मध्यमदेखि हल्का हिमपात र वर्षाको सम्भावना छ। साथै उच्च हिमाली क्षेत्रमा भारी हिमपात हुने महाशाखाले जनाएको छ।

त्यस्तै बुधबार मौसममा आंशिकदेखि सामान्य बदली हुने र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

बिहीबार देशको पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौंको न्यूनतम तापक्रम ५.० तथा अधिकतम तापक्रम २० दशमलव ८ डिग्री सेल्सियस छ। दाङमा न्यूनतम तापक्रम माइनसमा झरेको छ। सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २७ डिग्री सेल्सियस छ।

loading...
Continue Reading
Advertisement Cheap Air fare and package tours!
loading...

LATEST TWEET

Trending