Connect with us

मनोरन्जन

रेडियो नेपालका पहिलो गायक हरिप्रसाद रिमालको निधन

Gorkha Post

Published

on

काठमाण्डौ — रेडियो नेपालका पहिलो गायक, चर्चित नाट्यकर्मी तथा रेडियो नेपालका प्रस्तोता हरिप्रसाद रिमालको ९३ बर्षको उमेरमा निधन भएको छ।

रिमालको शुक्रबार बिहान १ बजे आफ्नै निवास नयाँ बानेश्वरमा निधन भएको परिवारले जानकारी दिको छ।

रिमाल नेपालका पहिलो गायकका रुपमा परिचित छन्। विसं २००७ सालमा रेडियो नेपाल स्थापना भएपछि उनले उक्त रेडियोमा पहिलो पटक गीत गाएर इतिहास बनाएका थिए।

रिमालले रेडियो नेपालको स्थापना अगाबै थुप्रै गीत गाएका थिए। उनको शंकर लामिछानेको रचना रहेको ‘मेरो दिल टुक्रा बनेर आज….’ बोलको गीत रेडियो नेपालबाट बज्ने पहिलो गीत बनेको थियो।

यो पनि पढ्नुहोस :  शृङ्खला खतिवडा बनिन् यस वर्षकी मिस नेपाल

उनको ‘फगत एक नजरमा कसैले लियो मन..’ ‘बिना बादल असिनापानी….’ जस्ता गीत निकै चर्चित छन्।

वि सं १९८२ साल असोज ५ गते काठमाडौंको लगनटोलमा जन्मिएका हरिप्रसाद रिमाल बुबा घनश्याम रिमाल र आमा मोहनकुमारी रिमालका ४ छोरा र २ छोरीमध्ये साइँला छोरा थिए।

उनको पहिलो बिहे गायिका किशोरीदेवीसँग र दोस्रो कल्याणी पौडेलसँग भएको थियो।

रेडियो नेपाल स्थापनापछि रंगमञ्चका साथै रेडियो नाटक निर्देशन र अभिनयमा पनि सक्रिय भएका रिमाल रेडियो नाटकका हस्ती कै रुपमा लिइन्छ। नाटकका अलवा उनले चलचित्रमा पनि अभिनय र निर्देशन गरेका थिए।

स्वर्गीय रिमालको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने परिवारले जानकारी दिएको छ।

Continue Reading

मनोरन्जन

कलाकार राणाको निधन

Pratigya Waiju

Published

on

काठमाडौं— नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार बिएस राणाको आज बिहान ७९ वर्षको उमेरमा निधन भएको छ। उहाँको उपचारका क्रममा आज बिहान शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको लेखक तथा कलाकार घनश्याम खतिवडाले जानकारी दिनुभयो।

करीब ३० वर्ष बेलायतमा बस्नुभएका राणाले त्यहाँ रहँदा विश्वविख्यात साहित्यका शेक्सपियरका नाटकहरुमा अभिनय गर्नुभएको थियो। राणाले विसं २०४१ देखि नेपाली चलचित्रमा पनि अभिनय शुरु गर्नु भई दर्जनौँ चलचित्रमा अभिनय गर्नुभएको छ।

यो पनि पढ्नुहोस :  मिस तामाङ २०१८ को उपाधि पर्साकी सिमरन स्याङ्बोलाई

उहाँले अभिनय गरेका दक्षिणा, कोसेली, चिनो, दुई थोपा आँशु, नेपाली बाबु, करोडपति, दर्पण छायाँ–२, सेतो बाघ, हबल्दार, सुन्तली, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, आई एम सरी, दासढुङ्गा, बसन्ती लगायतका चलचित्र तथा दर्जनौँ टेलिचलचित्रमा अभिनय गर्नुभएको छ।

काठमाडौं बूढानीलकण्डका स्थायी बासिन्दा राणा केही समयदेखि ललितपुरको भैँसेपाटीमा बस्दै आउनुभएको थियो। उहाँको श्रीमती र तीन छोरी हुनुहुन्छ। उहाँको छोराको भने केही वर्षअघि नै निधन भइसकेको छ।

Continue Reading
Advertisement Cheap Air fare and package tours!
loading...

LATEST TWEET

Trending