Connect with us

अर्थ

विदेशको विकल्पमा व्यावसायिक कृषि फार्म

RSS

Published

on

म्याग्दी- म्याग्दीका एक युवा वैदेशिक रोजगारीको विकल्पमा व्यावसायिक कृषि फार्म सञ्चालन गरेर स्वरोजगार बनेका छन्।

बेनपा–६ जरबुटाका ३५ वर्षीय नारायण जिसीले तरकारीखेती, भैँसी र कुखुरापालन गरेर राम्रो आम्दानी गर्न सफल भएका छन्।

जिसीले रु पाँच लाखको लगानीमा स्थापना गरेको फार्ममा हाल चार वटा भैँसी पाल्नुभएको छ। चार रोपनी खेतमा गोलभेँडा, बन्दा, काउली, काँक्रो, सिमी, बोडी, सागलगायत मौसमी तथा बेमौसमी तरकारीखेती गर्नुभएको छ।

यो पनि पढ्नुहोस :  विराटनगरमा रोजगार मेला हुने

दैनिक १८ लिटर दूध रु ८० का दरले बेनीमा बेच्दै आउनुभएको फार्मका सञ्चालक जिसीले बताउनुभयो। दूध बिक्रीबाट मात्र मासिक रु २५ हजारदेखि ३० हजारसम्म आम्दानी हुने जिसीको भनाइ छ।

फार्ममा तीनजनाले रोजगारी पाएका छन्। दूध र तरकारी ढुवानी गर्न मोटरबाटोको समस्या भएको जिसीले गुनासो गर्नुभयो। यसैगरी फार्मको क्षमता विस्तार र तरकारीका बिरुवा उत्पादन गर्ने नर्सरी पनि सञ्चालन गर्ने जिसीको योजना छ।

Continue Reading

अर्थ

निक्षेप नवीकरण गर्दा बढी ब्याज दिन पाइने

RSS

Published

on

By

काठमाडौं— वाणिज्य बैंकले निक्षेप नवीकरण गर्दा बढी ब्याज दिन पाउने भएका छन्। नेपाल बैंकर्स सङ्घको आजको बैठकले त्यस्तो निर्णय गरेको हो।

पछिल्लो पटक ‘क’ वर्गका वाणिज्य बैंकले निक्षेप नवीकरण गर्दा बढी ब्याज लिएको भन्दै बैंकहरुबीच नै गुनासो बढेपछि सङ्घको बैठक बसेको हो। बैठकले नवीकरणको हकमा भने बढी ब्याज दिन पाउने व्यवस्था गरेको छ।

संस्थागत निक्षेपकर्तालाई ८.५० प्रतिशतसम्म ब्याज दिन पाउने व्यवस्था यसअघि नै गरिएको थियो। त्यसमा बैंकले थप एक प्रतिशत बढी ब्याज दिन पाउने व्यवस्था गरिएको थियो। त्यसआधारमा वाणिज्य बैंकहरुले ९.५० प्रतिशतसम्म संस्थागत निक्षेपकर्तालाई ब्याज दिँदै आएका थिए।

यो पनि पढ्नुहोस :  जीडीपीमा पर्यटनको योगदान २५ प्रतिशतमा पुर्‍याउने कार्ययोजना बनाउँदै पर्यटनमन्त्री अधिकारी

पछिल्ला दिनमा केही बैंकले निक्षेप नवीकरण गर्दा करीब दश प्रतिशतसम्म ब्याज दिने प्रस्ताव गरेका थिए। सङ्घका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाका अनुसार निक्षेपको नवीकरण गर्दा केही बढी ब्याज दिने सहमति भएको हो।

केही बैंकले सङ्घको निर्णयका आधारमा भन्दा पनि आफैँले स्वतन्त्र निर्णय गर्ने भन्दै संस्थागत निक्षेपकर्ताको ब्याज बढी दिने घोषणा गरेका थिए। वाणिज्य बैंकमा ऋणयोग्य रकमको अभाव देखिँदै आएको छ। यस्तै कर्जा–पूँजी निक्षेप अनुपात पनि ८० प्रतिशत बढी रहेको छ।

Continue Reading
Advertisement Cheap Air fare and package tours!
loading...

LATEST TWEET

Trending