Connect with us

स्वदेश

विद्युत् चुहावट गर्ने २४ जना पक्राउ

RSS

Published

on

लहान — हुकिङ गरी विद्युत् चुहावट गर्ने दुई दर्जन व्यक्तिलाई विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले पक्राउ गरेको छ।

विद्युत् प्राधिकरण वितरण केन्द्र लहानबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले लहानको पड्रिया, मटियर्वा, बर्छवालगायतका स्थानबाट २४ जनालाई पक्राउ गरेको हो।

यो पनि पढ्नुहोस :  क्रिश्चियन धर्मको प्रचार गरेको आरोपमा २ भारतिय सहित ६ जना पक्राउ

विद्युत् चुहाबट नियन्त्रणका लागि अनुगमन निरीक्षणको क्रममा हुकिङ गरी विद्युत् चुहावट गरिरहेको अवस्थामा सबै जनालाई नियन्त्रणमा लिइएको विद्युत् प्राधिकरण लहानका प्रमुख विष्णुप्रसाद यादवले जानकारी दिए।

पक्राउ गरिएका सबैमाथि विद्युत् चुहावट ऐनअन्तर्गत कारवाही गरी रु दुई लाख ६० हजार राजश्व असुली गरेको प्रमुख यादवले बताए। सो क्रममा विद्युत् मिटर, पङ्खा र टिभीलगायतका समानसमेत बरामद गरिएको छ।

loading...
Continue Reading

स्वदेश

डोटीमा हिमपात, जनजीवन प्रभावित

RSS

Published

on

By

डोटी— सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीमा गए रातिदेखी हिमपात शुरु भएको छ। हिमपातका कारण यहाँको जनजीवन प्रभावित भएको छ।

हिमपातसँगै भारी वर्षाका कारण डोटीका लेकाली बस्ती हिउँले सेताम्य भएका छन्। हिमपातका कारण स्थानीयवासी घरबाहिर निस्किन सकिरहेका छैनन्।

जिल्लाको खप्तड, भल्मा, गोलादेउ, शिखर, नापानी, केदार धुरा, उदैनीलगायत उच्च लेकाली क्षेत्रमा अहिलेसम्म पनि हिउँ परिरहेको स्थानीयवासी दीपक खवासले बताउनुभयो। उहाँका अनुसार बाक्लो हिमपातका कारण यहाँका बासिन्दालाई गाईवस्तु चराउनसमेत कठिन भएको छ।

हिमपात र वर्षा भएपछि यहाँका पानी नलाग्ने लेकाली भेगका किसान खेती सप्रिने आसामा छन्। त्यस्तै सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा करीब दुई फुट जति हिउँ परेको नेपाली सेनाले जनाएको छ।

यो पनि पढ्नुहोस :  क्रिश्चियन धर्मको प्रचार गरेको आरोपमा २ भारतिय सहित ६ जना पक्राउ

हिमपातसँगै जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दीपायलमा भारी वर्षा भइरहेको छ। वर्षात्का कारण यहाँका प्रमुख व्यापारी केन्द्रका पसल पनि खुल्न सकेका छैनन्।

त्यस्तै हिमपातका कारण अत्तरिया स्याउले जोड्ने भीमदत्त राजमार्ग पनि बन्द भएको दीपायलस्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

डोटीको गैरा र डडेल्धुराको हगुल्टेमा हिमपात भएका कारण दजनौँ सवारी साधन स्याउले र डोटीको गैरामा जम्मा भएको बुडर डोटी इलाका प्रहरी कार्यालयका प्रमुख रुपसिंह थापाले जानकारी दिनुभयो।

हिउँ हटाउन र बाटो सञ्चालन गराउनका लागि डिभिजन सडक कार्यालयबाट डोजर मगाइएको प्रहरीले जनाएको छ।

loading...
Continue Reading
Advertisement Cheap Air fare and package tours!
loading...

LATEST TWEET

Trending