Connect with us

विश्व क्रिकेट लिग च्याम्पिनशिप : टस जितेर नामिबिया ब्याटिङ गर्दै

Gorkha Post

Published

on

विश्व क्रिकेट लिग च्याम्पिनशिप : टस जितेर नामिबिया ब्याटिङ गर्दै

काठमाण्डौ, बैशाख ४ — विश्व क्रिकेट लिग च्याम्पिनशिप अन्तरगत नेपाल र नामिबियाबीच किर्तिपुरको त्रिवि मैदानमा अहिले नेपाल र नामिबियाको खेल भइरहेको छ।

खेलमा नामिबियाले टस जितेर पहिलो ब्याटीङ गरेको छ।

हालसम्म नेपालले सातौं ओभरमा तेस्रो विकेट लिएको छ। पहिलो विकेट लिएको सोमपाल कामीले दोस्रो विकेट पनि लिएका हुन्।

उनले स्टेफन र जेन ग्रिनको विकेट लिए। स्टेफनले ८ बलमा १८ रन बनाएर आउट भए भने ग्रिन १४ रन बनाएर आउट भए।

त्यस्तै, तेस्रो विकेट सन्दिप लामिछानेले लिएका हुन्।

नामिबियाले १६ ओभरको समाप्तिमा २ विकेट गुमाउँदै ७७ रन बनाएर खेलिरहेको छ।

loading...
Continue Reading

समाचार

बौद्धमा ‘पर्यटक प्रहरी पोष्ट’ स्थापना

RSS

Published

on

By

काठमाडौं— उपत्यकाको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको बौद्ध क्षेत्रमा ‘पर्यटक प्रहरी पोष्ट’ स्थापना गरिएको छ।

पर्यटक प्रहरीले बौद्ध क्षेत्र विकास समितिको सहकार्यमा सोमबारदेखि पोष्ट सञ्चालन गरी काम थालेको छ। उक्त पोष्टमा प्रहरी नायब निरीक्षकको नेतृत्वमा सात पर्यटक प्रहरी खटाएको छ।

पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपका प्रमुख एवं प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतका अनुसार उपत्यकाका सबै पर्यटकीयस्थलमा पर्यटक प्रहरीको उपस्थित रहने योजनाअनुरुप उक्त पोष्ट स्थापना गरिएको हो।

“ठमेलपछि धेरै पर्यटकले घुम्ने स्थान बौद्ध क्षेत्र हो, त्यसैले उक्त क्षेत्रमा पोष्ट स्थापना गरेका हौँ”, उहाँले भन्नुभयो। यसअघि ठमेल, भक्तपुर, नगरकोट, पाटन, वसन्तपुर, पशुपति, स्वयम्भू र एयरपोर्ट क्षेत्रमा पर्यटक प्रहरी पोष्ट स्थापना गरिएको थियो।

सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको योजनालाई सफल पार्न पर्यटक प्रहरी पोष्टको ठूलो महत्व रहने पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपले जनाएको छ।

बौद्ध क्षेत्रमा पर्यटक प्रहरी पोष्ट स्थापना भएसँगै हालसम्म देशभर २६ स्थानमा पर्यटक प्रहरीको उपस्थिति पुगेको छ। हाल देशभर दुई सयभन्दा बढी पर्यटक प्रहरीले पर्यटकलाई सेवा प्रदान गर्दै आएका छन्।

loading...
Continue Reading
Advertisement Cheap Air fare and package tours!
loading...

LATEST TWEET

Trending