Connect with us

अर्थ

शेयर बजार: चौध अङ्कले बढ्यो

RSS

Published

on

काठमाडौं— लगातार ओरालो लाग्दै आएको शेयर बजार आज भने थामिएको छ। थामिएको बजार करीब १४ अङ्कले वृद्धि भएको हो।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव ९७ बिन्दुले बढेर एक हजार २०७ दशमलव ३१ बिन्दुमा पुगेको छ।

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३ दशमलव ३१ बिन्दुले बढेर २५६ दशमलव ८७ बिन्दुमा पुगेको छ।

नेप्से परिसूचक उल्लेख्यमात्रामा वृद्धि भए पनि कारोवार रकममा भने आशातित वृद्धि हुन सकेन। कूल १५० कम्पनीको १७ करोड ४१ लाख ५५ हजार ३९० मूल्यमा कारोवार भएको हो।

यो पनि पढ्नुहोस :  नेपाल बायु सेवा निगम पहिलो वाइडबडि काठमाण्डौ आइपुग्यो

कारोवार भएका नौ उपसमूहमध्ये आज वित्त उपसमूहको मात्रै शेयर घटेको छ। सो उपसमूह शून्य दशमलव २५ बिन्दुले घटेको छ।

यस्तै बैंकिङ १४ दशमलब ६९, होटल ३६ दशमलव ५७, विकास बैंक १२ दशमलव ५९, जलविद्युत् शून्य दशमलव २८, निर्जीवन बीमा ७५ दशमलव १४, अन्य ६ दशमलव ५६, माइक्रोफाइनान्स १० दशमलव ५८ र जीवन बीमा ७७ दशमलव शून्य नौ बिन्दुले बढेको छ।

बढेको बजारमा उन्नति माइक्रोफाइनान्स, आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था, सप्तकोशी विकास बैंकका शेयरधनीले कमाएका छन् भने एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था, हिमालयन पावर पार्टनर, एभरेष्ट इन्स्यारेन्स कम्पनीका शेयरधनीले भने गुमाएका छन्।

loading...
Continue Reading

अर्थ

शेयर बजार: दोहोरो अङ्कले घट्यो

RSS

Published

on

By

काठमाडौं— धितोपत्र बजारमा आज शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १०.८६ विन्दुले घटेर एक हजार १६८.०६ विन्दुमा पुगेको छ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.८७ विन्दुले घटेर २४७.६१ विन्दुमा पुगेको छ। स्टकका अनुसार कूल १६६ कम्पनीको १२ लाख ६५ हजार ७८६ कित्ता शेयर रु ३६ करोड ७७ लाख छ हजार ६३८ मूल्यमा खरीद बिक्री भएका छन्।

आज कारोवार भएका कूल ११ उपसमूह मध्ये आज वित्त उपसमूह ०.६५ विन्दुले बढेको छ। यस्तै बैंकिङ ४.६२, व्यापार २.९६, होटल १९.५२, विकास बैंक ७.७६, जलविद्युत् ४२.१७, निर्जीवन बीमा ४२.६७, उत्पादन २३.५२, अन्य ११.६०, लघुवित्त २५.५१ र जीवन बीमा ६१.६८ विन्दुले घटेको छ।

यो पनि पढ्नुहोस :  बलेवा–काठमाडौंको हवाई भाडा घट्यो

घटेको बजारमा गुर्खाज फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, नेपाल एसबिआई बैंक, सेन्ट्रल फाइनान्स कम्पनी, कन्काई डेभलपमेन्ट बैंकका शेयरधनीले आज बढी कमाएका छन्।

यस्तै माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी, मिर्मिरे लघुवित्त वित्तीय संस्था, आँखु खोला जलविद्युत् कम्पनी, नेशनल हाइड्रो पावर कम्पनी, मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले आज बढी गुमाएका छन्।

त्यसैगरी स्टकमा आजै सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोवार सुरु भएको छ। सो संस्थाको सुरुआती कारोवारका लागि प्रतिकित्ता न्यूनतम रु १६८ र अधिकतम रु ५०५ रहने गरी सीमा निर्धारण गरिएको थियो।

loading...
Continue Reading
Advertisement Cheap Air fare and package tours!
loading...

LATEST TWEET

Trending