Connect with us

अर्थ

शेयर बजार: छ अङ्कले घट्यो

RSS

Published

on

काठमाडौँ— धितोपत्र बजारमा आज शेयरको मूल्य पुनः ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ५ दशमलव नौ बिन्दुले घटेर एक हजार १८९ दशमलव ५६ बिन्दु भएको छ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स (परिसूचक) एक दशमलव २१ बिन्दुले घटेर २५२ दशमलव ९३ बिन्दुमा पुगेको छ।

स्टकका अनुसार आज कूल १४८ कम्पनीको सात लाख नौ हजार ३७९ कित्ता शेयर रु २१ करोड २९ लाख १७ हजार २२ मा खरीद बिक्री भएका थिए।

यो पनि पढ्नुहोस :  दुर्घटनाको छानबिन गर्न समिति

कारोबार भएका कूल नौ उपसमूहमध्ये दुई उपसमूहको शेयर कारोबारमा वृद्धि भएको छ। वित्त उपसमूह शून्य दशमलव ९१ र अन्य उपसमूह दुई दशमलव ३४ बिन्दुले बढेको छ।

यस्तै बैङ्किङ छ दशमलव तीन, होटल १९ दशमलव ६४, विकास बैङ्क पाँच दशमलव ९७, जलविद्युत् २२ दशमलव ७९, निर्जीवन बीमा १२ दशमलव ७८, माइक्रोफाइनान्स सात दशमलव ५७ र जीवन बीमा ३२ दशमलव १८ बिन्दुले घटेका छन्।

मेरो माइक्रोफाइनान्स वित्तीय संस्था, गुह्येश्वरी मर्चेन्ट बैङ्क एण्ड फाइनान्स कम्पनी, एनआइबिएल समृद्धि फण्ड एक, जनउत्थान सामुदायिक लघुवित्त विकास बैङ्कका लगानीकर्ताले कमाएका छन् भने एभरेष्ट इन्स्योरेन्स समता माइक्रोफाइनान्स वित्तीय संस्था, अरुण काबेली पावर, गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले गुमाएका छन्।

loading...
Continue Reading

अर्थ

शेयर बजार: दोहोरो अङ्कले घट्यो

RSS

Published

on

By

काठमाडौं— धितोपत्र बजारमा आज शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १०.८६ विन्दुले घटेर एक हजार १६८.०६ विन्दुमा पुगेको छ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.८७ विन्दुले घटेर २४७.६१ विन्दुमा पुगेको छ। स्टकका अनुसार कूल १६६ कम्पनीको १२ लाख ६५ हजार ७८६ कित्ता शेयर रु ३६ करोड ७७ लाख छ हजार ६३८ मूल्यमा खरीद बिक्री भएका छन्।

आज कारोवार भएका कूल ११ उपसमूह मध्ये आज वित्त उपसमूह ०.६५ विन्दुले बढेको छ। यस्तै बैंकिङ ४.६२, व्यापार २.९६, होटल १९.५२, विकास बैंक ७.७६, जलविद्युत् ४२.१७, निर्जीवन बीमा ४२.६७, उत्पादन २३.५२, अन्य ११.६०, लघुवित्त २५.५१ र जीवन बीमा ६१.६८ विन्दुले घटेको छ।

यो पनि पढ्नुहोस :  नेकपाको स्थायी कमिटी बैठक शनिबार बस्ने

घटेको बजारमा गुर्खाज फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, नेपाल एसबिआई बैंक, सेन्ट्रल फाइनान्स कम्पनी, कन्काई डेभलपमेन्ट बैंकका शेयरधनीले आज बढी कमाएका छन्।

यस्तै माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी, मिर्मिरे लघुवित्त वित्तीय संस्था, आँखु खोला जलविद्युत् कम्पनी, नेशनल हाइड्रो पावर कम्पनी, मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले आज बढी गुमाएका छन्।

त्यसैगरी स्टकमा आजै सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोवार सुरु भएको छ। सो संस्थाको सुरुआती कारोवारका लागि प्रतिकित्ता न्यूनतम रु १६८ र अधिकतम रु ५०५ रहने गरी सीमा निर्धारण गरिएको थियो।

loading...
Continue Reading
Advertisement Cheap Air fare and package tours!
loading...

LATEST TWEET

Trending