Connect with us

अर्थ

शेयर बजार : दोहोरो अङ्कको गिरावट

RSS

Published

on

काठमाडौं— धितोपत्र बजारमा आज शेयरको मूल्यमा उच्च बिन्दुले गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक १७ दशमलब ३१ बिन्दुले ओरालो लागेर एक हजार २०५ दशमलब २२ बिन्दुमा झरेको छ। प्रतिशतका आधारमा १ दशमलब ४२ बिन्दुले बजार घटेको छ।

त्यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ४ दशमलब ११ बिन्दुले घटेर २५५ दशमलब ९८ बिन्दुमा पुगेको छ। नेप्से परिसूचकसँगै कारोवार रकममा समेत आज गिरावट आएको छ।

कूल १२५ कम्पनीको तीन लाख १४ हजार २९७ कित्ता शेयर रु नौ करोड ९४ लाख ५१ हजार ४८ मूल्यमा खरिद बिक्री भएको छ।

कारोवार भएका कूल नौ उपसमूहमध्ये आज दुई उपसमूहको शेयरमा भने वृद्धि भएको छ। वित्त १ दशमलब २५ र अन्य शुन्य दशमलब ७३ बिन्दुले बढ्दा बैङ्किङ २५ दशमलब शुन्य आठ, होटल ३ दशमलब ५८, विकास बैङ्क ६ दशमलब शुन्य पाँच, जलविद्युत् १३ दशमलब २२, निर्जीवन बीमा ४३ दशमलब शुन्य सात, माइक्रोफाइनान्स ३ दशमलब शुन्य आठ र जीवन बीमा २९ दशमलब ११ बिन्दुले ओरालो लागेको छ।

यो पनि पढ्नुहोस :  दुई चिनिया जहाज नेपाललाई हस्तान्तरण

घटेको बजारमा स्वदेशी लघुवित्त वित्तीय संस्था, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् भने अपि पावर कम्पनी, स्ट्याण्र्डड चार्टड बैङ्क र नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले आज गुमाएका छन्।

स्टकले सञ्चालनमा ल्याएको पूर्ण स्वचालित अनलाइन कारोवार प्रणालीका कारण नेप्सेको वेबसाइटमा समस्या देखिएको छ। नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले नयाँ प्रणाली जडान गर्दा केही समस्या आएको स्वीकार गर्दै प्राविधिक समस्या समाधानका लागि जुटेको जानकारी दिनुभयो।

यस्तै स्टक एक्सचेञ्जमा आजै नेपाल बैङ्क लिमिटेडको एक करोड ७६ लाख ८४ हजार ८५८ कित्ता थप सार्वजनिक निश्काशन(एफपिओ) सूचीकृत भएको छ।

स्टककाअनुसार सेञ्चुरी कर्मसियल बैङ्क लिमिटेडको ३८ लाख ३९ हजार ७३० कित्ता बोनस शेयर सूचीकृत भएको छ। यस्तै स्ट्याण्डर्ड चार्टड बैङ्कले आफ्ना शेयरधनीलाई १७ दशमलब ५० प्रतिशत नगद लाभांश दिने जानकारी समेत स्टकलाई गराएको छ।

loading...
Continue Reading

अर्थ

शेयर बजार: दोहोरो अङ्कले घट्यो

RSS

Published

on

By

काठमाडौं— धितोपत्र बजारमा आज शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १०.८६ विन्दुले घटेर एक हजार १६८.०६ विन्दुमा पुगेको छ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.८७ विन्दुले घटेर २४७.६१ विन्दुमा पुगेको छ। स्टकका अनुसार कूल १६६ कम्पनीको १२ लाख ६५ हजार ७८६ कित्ता शेयर रु ३६ करोड ७७ लाख छ हजार ६३८ मूल्यमा खरीद बिक्री भएका छन्।

आज कारोवार भएका कूल ११ उपसमूह मध्ये आज वित्त उपसमूह ०.६५ विन्दुले बढेको छ। यस्तै बैंकिङ ४.६२, व्यापार २.९६, होटल १९.५२, विकास बैंक ७.७६, जलविद्युत् ४२.१७, निर्जीवन बीमा ४२.६७, उत्पादन २३.५२, अन्य ११.६०, लघुवित्त २५.५१ र जीवन बीमा ६१.६८ विन्दुले घटेको छ।

यो पनि पढ्नुहोस :  जयनगर–जनकपुरमा रेलमार्ग तयार, छैन रेल ऐन

घटेको बजारमा गुर्खाज फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, नेपाल एसबिआई बैंक, सेन्ट्रल फाइनान्स कम्पनी, कन्काई डेभलपमेन्ट बैंकका शेयरधनीले आज बढी कमाएका छन्।

यस्तै माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी, मिर्मिरे लघुवित्त वित्तीय संस्था, आँखु खोला जलविद्युत् कम्पनी, नेशनल हाइड्रो पावर कम्पनी, मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले आज बढी गुमाएका छन्।

त्यसैगरी स्टकमा आजै सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोवार सुरु भएको छ। सो संस्थाको सुरुआती कारोवारका लागि प्रतिकित्ता न्यूनतम रु १६८ र अधिकतम रु ५०५ रहने गरी सीमा निर्धारण गरिएको थियो।

loading...
Continue Reading
Advertisement Cheap Air fare and package tours!
loading...

LATEST TWEET

Trending