Connect with us

अर्थ

शेयर बजार सामान्य अंकले घट्यो

RSS

Published

on

काठमाडौँ- धितोपत्र बजारमा आज पुनः शेयरको मूल्य घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक शून्य दशमलव चार विन्दुले घटेर एक हजार १७७ दशमलव शून्य सात विन्दुमा झरेको छ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव शून्य नौ विन्दुले घटेर २४९ दशमलव ८४ विन्दुमा झरेको छ।

स्टककाअनुसार आज कूल १६० कम्पनीको ११ लाख नौ हजार २० कित्ता शेयर रु ३४ करोड २७ लाख ८६ हजार ५९६ मूल्यमा खरिद बिक्री भए। कारोवार भएका कूल दश उपसमूह मध्ये चार उपसमूहको शेयर वृद्धि भएको छ। यस्तै छ उपसमूहको शेयर कारोवार भने घटेको छ।

स्टककाअनुसार विकास बैंक एक दशमलव ६१, उत्पादन पाँच दशमलव शून्य सात, अन्य एक दशमलव शून्य दुई, लघुवित्त पाँच दशमलव ४२ विन्दुले बढेका छन्।

यो पनि पढ्नुहोस :  सुर्खेतमा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन

यस्तै बैंकिङ शून्य दशमलव शून्य नौ, होटल ११ दशमलव ९६, जलविद्युत् दुई दशमलव एक, वित्त शून्य दशमलव ८३, निर्जीवन बीमा ३८ दशमलव १३ र जीवन बीमा ११ दशमलव ९२ विन्दुले घटेको छ।

घटेको बजारमा आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था, चौतारी लघुवित्त वित्तीय संस्था, साल्ट टे«डिङ लिमिटेड, आँखु खोला जलविद्युत् कम्पनी, ङादी पावर कम्पनी, सप्तकोशी डेभलपमेन्ट बैंकका शेयरधनीले आज कमाएका छन्।

यस्तै एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था, कालिका लघुवित्त वित्तीय संस्था, समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, सिद्धार्थ इन्स्यारेन्सका शेयरधनीले आज बढी गुमाएका छन्।

Continue Reading

अर्थ

निक्षेप नवीकरण गर्दा बढी ब्याज दिन पाइने

RSS

Published

on

By

काठमाडौं— वाणिज्य बैंकले निक्षेप नवीकरण गर्दा बढी ब्याज दिन पाउने भएका छन्। नेपाल बैंकर्स सङ्घको आजको बैठकले त्यस्तो निर्णय गरेको हो।

पछिल्लो पटक ‘क’ वर्गका वाणिज्य बैंकले निक्षेप नवीकरण गर्दा बढी ब्याज लिएको भन्दै बैंकहरुबीच नै गुनासो बढेपछि सङ्घको बैठक बसेको हो। बैठकले नवीकरणको हकमा भने बढी ब्याज दिन पाउने व्यवस्था गरेको छ।

संस्थागत निक्षेपकर्तालाई ८.५० प्रतिशतसम्म ब्याज दिन पाउने व्यवस्था यसअघि नै गरिएको थियो। त्यसमा बैंकले थप एक प्रतिशत बढी ब्याज दिन पाउने व्यवस्था गरिएको थियो। त्यसआधारमा वाणिज्य बैंकहरुले ९.५० प्रतिशतसम्म संस्थागत निक्षेपकर्तालाई ब्याज दिँदै आएका थिए।

यो पनि पढ्नुहोस :  नेपाली खानालाई पर्यटनसंग जोड्न प्रतियोगिता गरिने

पछिल्ला दिनमा केही बैंकले निक्षेप नवीकरण गर्दा करीब दश प्रतिशतसम्म ब्याज दिने प्रस्ताव गरेका थिए। सङ्घका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाका अनुसार निक्षेपको नवीकरण गर्दा केही बढी ब्याज दिने सहमति भएको हो।

केही बैंकले सङ्घको निर्णयका आधारमा भन्दा पनि आफैँले स्वतन्त्र निर्णय गर्ने भन्दै संस्थागत निक्षेपकर्ताको ब्याज बढी दिने घोषणा गरेका थिए। वाणिज्य बैंकमा ऋणयोग्य रकमको अभाव देखिँदै आएको छ। यस्तै कर्जा–पूँजी निक्षेप अनुपात पनि ८० प्रतिशत बढी रहेको छ।

Continue Reading
Advertisement Cheap Air fare and package tours!
loading...

LATEST TWEET

Trending