Connect with us

स्वास्थ्य

सुशील कोइराला क्यान्सर अस्पतालमा बिरामीको चाप

RSS

Published

on

नेपालगञ्ज — बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार सेवा लिन आउने बिरामीको चाप दिन प्रतिदिन बढ्दै गएको छ।

अस्पताल प्रमुख क्यान्सर रोग विशेषज्ञ डा विश्वराज पौडेलका अनुसार सेवा प्रारम्भ गरेको डेढ महिनाको अवधिमा ५२२ जनाको उपचार भएको छ।

सरकारीस्तरबाट राजधानी बाहिर भरतपुरपछि यो क्यान्सर अस्पताल दोस्रो हो। असार ९ गते स्वास्थ्यमन्त्री उपेन्द्र यादवले उद्घाटन गरेपछि अस्पताल सञ्चालनमा आएको हो।

अस्पतालले हालका लागि बहिरङ्ग सेवाअन्तर्गत बिरामी जाँच, प्याथोलोजी, रेडियोलोजी र फार्मेसी सेवामात्र दिन सकेको छ।

यो पनि पढ्नुहोस :  डा केसिद्वारा नुवाकोटमा स्थानीयवासीको स्वास्थ्य परीक्षण

दशैँअघिदेखि बिरामी भर्ना गरेर थप उपचार सेवा दिने अस्पतालको लक्ष्य छ। सरकारबाट १०० श्ययाको मान्यता पाएको अस्पतालले पहिलो चरणअन्तर्गत ५९ श्याबाट आफ्नो सेवा प्रारम्भ गरेको छ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कक्षपतिका अनुसार अस्पताल निर्माणमा अहिलेसम्म रु ३५ करोड खर्च भइसकेको छ।

यो अस्पतालको सेवा प्रारम्भ भएपछि प्रदेश नं ५, ७ र कर्णाली प्रदेशका नागरिकलाई शुरुआती चरणको उपचार सेवा लिन भरतपुर, काठमाडौँ जानुपर्ने बाध्यता पनि टरेको छ।

Continue Reading

समाचार

आज विश्व निमोनिया दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

Pratigya Waiju

Published

on

काठमाडौं— आज विश्व निमोनिया दिवस। नेपालमा पनि ‘निमोनियालाई रोकौं’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी निमोनिया दिवस मनाइँदै छ।

सन् २००९ देखि निमोनियाबारे चेतना जगाउने उद्देश्यले विश्व स्वास्थ्य संगठनको आब्हानमा हरेक बर्ष नोभेम्बर १२ मा विश्व निमोनिया दिवस मनाइँन्छ।

यो पनि पढ्नुहोस :  सुशील कोइराला क्यान्सर अस्पतालमा सोमबारदेखि ओपिडी सेवा शुरु

विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष निमोनियाका कारण पाँच वर्षमुनिका १६ लाख बालबालिकाको मृत्यु हुने गरेको छ भने नेपालमा मात्रै ५ हजार बालबालिकाको मृत्यु हुने गरेको छ।

Continue Reading
Advertisement Cheap Air fare and package tours!
loading...

LATEST TWEET

Trending