Connect with us

समाचार

हुम्लामा अत्यधिक हिमपात

RSS

Published

on

हुम्ला- जिल्लामा अत्यधिक हिमपात भएको छ। सदरमुकाम सिमकोटमा एक फिट हिउँ जमेको छ।

हिमपातपछि यहाँको जनजीवन प्रभावित बनेको छ भने विद्यार्थीको पठनपाठन प्रभावित भएको छ। मङ्गलबार रातिदेखि हिउँ पर्न थालेपछि हवाईसेवा अवरुद्ध भएको छ। हवाईसेवा अवरुद्ध हुँदा खाद्यान्न तथा दैनिक उपभोग्य सामानको अभाव भएको छ।

यो पनि पढ्नुहोस :  लागुऔषधसहित दुई पक्राउ

हिमपातका कारण पशुचौपाया गोठभित्रै थन्किएका छन्। माथिल्लो हुम्लामा चार फिटसम्म हिउँ जमेको छ। हिमपातपछि तापक्रम घट्दै गएको छ। सबैभन्दा उत्तरी नाम्खा गाउँपालिकाको जनजीवन कष्टकर बनेको छ। “एक गाउँबाट अर्को गाउँ आवातजावत गर्न सकिएको छैन,” स्थानीयवासी पासाङ लामाले भन्नुभयो।

Continue Reading

समाचार

रु ८१ हजार ८०० सहित बाह्र जुवाडे पक्राउ

RSS

Published

on

By

साँखु— महानगरीय प्रहरी प्रभाग साँखु र प्रहरी चौकी नाङ्लेभारेले शनिबार साँझ काठमाडौं चापकोबोटबाट रु ८१ हजार ८०० सहित बाह्र जुवाडे पक्राउ गरेको छ।

शङ्खरापुर नगरपालिका–१ चापकोबोटस्थित कृष्णबहादुर थिङको घरमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोलीले पक्राउ गरेको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक लक्ष्मी खनालले जानकारी दिए।

यो पनि पढ्नुहोस :  भन्सारमा अवैध क्रियाकलाप रोक्न सीसी क्यामरा जडान

पक्राउ पर्नेमा काठमाडौं शङ्खरापुर–१ बस्ने ५१ वर्षीय खड्कबहादुर भुजेल, सोही ठाउँका ४६ वर्षीय सीताराम रिमाल, ५७ वर्षीय बखान तामाङ, ५२ वर्षीय बुदे लामा, ६६ वर्षीय हेमबहादुर वास्तकोटीलगायत बाह्र जना रहेको खनालले बताए।

पक्राउ परेका उनीहरुको थप अनुसन्धान भइरहेको तथा प्रचलित कानूनअनुसार मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ।

यसअघि पनि महानगरीय प्रहरी वृत्त बौद्ध मातहत जोरपाटी र बौद्धको फूलबारीबाट ठूलो रकमसहित जुवाडे पक्राउ गरी प्रहरीले मुद्दा चलाएको थियो।

Continue Reading
Advertisement Cheap Air fare and package tours!
loading...

LATEST TWEET

Trending