Connect with us

समाचार

१० दिनअघि बेपत्ता बालिका मृत फेला

RSS

Published

on

नवलपरासी- पश्चिम नवलपरासीमा १० दिनअघि बेपत्ता भएकी एक बालिका गण्डक नहरमा मृत फेला परेकी छिन्।

सुस्ता गाउँपालिका–२ कुडियास्थित हरिजन टोलकी १५ वर्षीया गीता हरिजन गण्डक नहरको भारतीय क्षेत्रमा मृत फेला परेकी हुन्। उनी पुस १५ गतेदेखि हराइरहेकी थिइन्।

यो पनि पढ्नुहोस :  बुद्ध जन्मस्थल लुम्बिनी पञ्चशील क्षेत्र घोषणा

उनको शव गण्डक पश्चिमी नहरको सुरजपूरा विद्युत् उत्पादनगृह नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घटनाबारे अनुसन्धान भइरहेको छ। उनको शव परीक्षणका लागि पृथ्वीचन्द्र अस्पताल परासी पठाएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ।

loading...
Continue Reading

समाचार

बौद्धमा ‘पर्यटक प्रहरी पोष्ट’ स्थापना

RSS

Published

on

By

काठमाडौं— उपत्यकाको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको बौद्ध क्षेत्रमा ‘पर्यटक प्रहरी पोष्ट’ स्थापना गरिएको छ।

पर्यटक प्रहरीले बौद्ध क्षेत्र विकास समितिको सहकार्यमा सोमबारदेखि पोष्ट सञ्चालन गरी काम थालेको छ। उक्त पोष्टमा प्रहरी नायब निरीक्षकको नेतृत्वमा सात पर्यटक प्रहरी खटाएको छ।

पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपका प्रमुख एवं प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतका अनुसार उपत्यकाका सबै पर्यटकीयस्थलमा पर्यटक प्रहरीको उपस्थित रहने योजनाअनुरुप उक्त पोष्ट स्थापना गरिएको हो।

यो पनि पढ्नुहोस :  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई नयाँ ‘पार्किङ–वे’ थपिँदै

“ठमेलपछि धेरै पर्यटकले घुम्ने स्थान बौद्ध क्षेत्र हो, त्यसैले उक्त क्षेत्रमा पोष्ट स्थापना गरेका हौँ”, उहाँले भन्नुभयो। यसअघि ठमेल, भक्तपुर, नगरकोट, पाटन, वसन्तपुर, पशुपति, स्वयम्भू र एयरपोर्ट क्षेत्रमा पर्यटक प्रहरी पोष्ट स्थापना गरिएको थियो।

सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको योजनालाई सफल पार्न पर्यटक प्रहरी पोष्टको ठूलो महत्व रहने पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपले जनाएको छ।

बौद्ध क्षेत्रमा पर्यटक प्रहरी पोष्ट स्थापना भएसँगै हालसम्म देशभर २६ स्थानमा पर्यटक प्रहरीको उपस्थिति पुगेको छ। हाल देशभर दुई सयभन्दा बढी पर्यटक प्रहरीले पर्यटकलाई सेवा प्रदान गर्दै आएका छन्।

loading...
Continue Reading
Advertisement Cheap Air fare and package tours!
loading...

LATEST TWEET

Trending