Connect with us

स्वास्थ्य

८२ जनामा स्क्रब टाइफसको सङ्क्रमण

RSS

Published

on

चितवन — चितवनमा गएको साउन महिनामा ८२ जनामा स्क्रब टाइफसको सङ्क्रमण भेटिएको छ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार ४३१ जना बिरामीको नमूना परीक्षण गर्दा ८२ जनामा संक्रमण भेटिएको हो।

मुसामा हुने किरा (माइट) को टोकाइबाट यो रोग लाग्ने गर्दछ। गत आव २०७४७५ मा दुई हजार २३७ जनाको नमूना परीक्षण गर्दा ४१० जनामा स्क्रब टाइफस भेटिएको थियो।

साउनमा जिल्लामा ५ जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ। कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार ३४६ जनाको परीक्षण गरिएको थियो।

डेङ्गु सङ्क्रमित तीन जना चितवनका हुन् भने दुई जना बाहिरी जिल्लाका रहेका छन्। अघिल्लो आवमा ५९ जनामा डेङ्गुको सङ्क्रमण भेटिएको थियो।

यो पनि पढ्नुहोस :  डा केसिद्वारा नुवाकोटमा स्थानीयवासीको स्वास्थ्य परीक्षण

एक हजार ४८३ जनाको नमूना परीक्षण गरिएकामा सो सङ्ख्यामा डेङ्गु सङ्क्रमण भेटिएको थियो।

जसमध्ये ३३ जना चितवनका रहेका थिए। डेङ्गु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जिल्लामा स्वाइनफ्लूका बिरामी भने नरहेको दाबी गरेको छ।

कार्यालयका प्रमुख विजयकुमार झाले मौसमी रुघाखोकी देखिएको बताए।

मानिसबाट मानिसमा सरेर आएको फ्लूलाई स्वाइन्फ्लू भन्न नमिल्ने उनको भनाइ छ।

Continue Reading

समाचार

आज विश्व निमोनिया दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

Pratigya Waiju

Published

on

काठमाडौं— आज विश्व निमोनिया दिवस। नेपालमा पनि ‘निमोनियालाई रोकौं’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी निमोनिया दिवस मनाइँदै छ।

सन् २००९ देखि निमोनियाबारे चेतना जगाउने उद्देश्यले विश्व स्वास्थ्य संगठनको आब्हानमा हरेक बर्ष नोभेम्बर १२ मा विश्व निमोनिया दिवस मनाइँन्छ।

यो पनि पढ्नुहोस :  डा केसिद्वारा नुवाकोटमा स्थानीयवासीको स्वास्थ्य परीक्षण

विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष निमोनियाका कारण पाँच वर्षमुनिका १६ लाख बालबालिकाको मृत्यु हुने गरेको छ भने नेपालमा मात्रै ५ हजार बालबालिकाको मृत्यु हुने गरेको छ।

Continue Reading
Advertisement Cheap Air fare and package tours!
loading...

LATEST TWEET

Trending