Connect with us

जीवन शैलि

परिवार नियोजनका बारेमा जानकारी छ तर प्रयोग छैन

RSS

Published

on

काठमाण्डौ — परिवार नियोजनका बारेमा आम व्यक्तिलाई जानकारी भएपनि प्रयोगदर भने न्यून नै रहेको पाइएको छ। परिवार नियोजनका सेवा सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको छ।

प्रजनन स्वास्थ्य विधेयकले यसलाई आधारभूत स्वास्थ्य सेवाभित्र समेटेको छ। सन् २०१६ को स्वास्थ्य सर्वेक्षणअनुसार परिवार नियोजनका बारेमा ९० प्रतिशतभन्दा माथिलाई जानकारी छ तर प्रयोगदर ५० प्रतिशतको हाराहारीमा मात्र छ। कूल प्रजननदर पनि (१५–४९ वर्षका उमेर समूहका महिला) २ दशमलव ३ मा घटेको छ।

पाँचौँ परिवार नियोजन दिवसका अवसरमा परिवार स्वास्थ्य महाशाखाद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रदेश नं ३ मा सबैभन्दा बढी र प्रदेश नं ४ मा सबैभन्दा कम परिवार नियोजनका साधन महिलाले प्रयोग गर्ने गरेको तथ्याङ्क छ। ती प्रदेशमा क्रमशः ४९ दशमलव २ र ३७ दशमलव ३ प्रतिशत प्रयोगदर रहेको छ।

‘किशोरकिशोरी सहभागिता : परिवार नियोजन सेवाको सुनिश्चितता’ नाराका साथ यस वर्ष विभिन्न कार्यक्रम आयोजना गरी परिवार नियोजन दिवस मनाइयो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका कामु सचिव सुशीलनाथ प्याकुरेलले परिवार नियोजन सेवा मौलिक अधिकार सेवाभित्र रहेकाले प्रजनन अधिकारसम्बन्धी ऐन कार्यान्वयनको तयारीमा रहेको जानकारी दिए।

यो पनि पढ्नुहोस :  मधुमेहमा स्वस्थ खानाको छनौट

अझै पनि परिवार नियोजनका सेवाको पहुँच नहुँदा प्रजनन समूह (१५–४९ वर्षका उमेर समूहका महिला) को २० प्रतिशत अनिच्छुक गर्भधारण गर्न बाध्य छन्। उनले भने, ‘अब खोप, अत्यावश्यक औषधि सेवाजस्तै परिवार नियोजन सेवाको पहुँच सबैमा पुर्‍याउन सरकारले प्राथमिकतामा राख्छ, हरेक विद्यालयमा नर्स राख्ने तयारीमा छौँ।’

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनीले परिवार नियोजनका बारेमा धेरै जानकारी तर कम प्रयोग र बच्चाले बच्चा पाउने प्रवृत्ति रोक्न विभागले आगामी दिनमा आफ्ना सेवालाई थप प्रभावकारी बनाउने बताए।

स्वास्थ्य मन्त्रालयका सहसचिव महेन्द्र श्रेष्ठले परिवार नियोजनमा सरकारको लगानी बढाउन आवश्यक रहेकामा जोड दिँदै यसले शिशु मृत्यु, बालमृत्यु र आमा मृत्युदर घटाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

परिवार स्वास्थ्य महाशाखाका प्रमुख डा आरपी विच्छाले विशेष गरी किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्यका कार्यक्रममा जोड दिएको बताए।

Continue Reading

जीवन शैलि

मृत्युको कारण बन्दै मस्तिष्कघात

RSS

Published

on

By

काठमाडौं— ‘सहयोग’ भन्ने नारासाथ विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मंगलबार विश्व मस्तिष्कघात दिवस नेपालमा पनि मनाइयो।

मस्तिष्कघात भन्नाले दिमाग र मेरुदन्डमा अचानक रक्तसन्चालनमा अवरोध हुने प्रक्रिया अथवा नसा फुटेर रक्तश्राव भइ स्नायुको कामलाई असर पुगी शरीरको कुनै भाग/अंगमा कमजोरी देखिने अवस्थालाई जनाउँछ।

मस्तिष्कघातले निम्त्याउने अपांगताले बिरामीलाई चाहिने स्याहार–सुसार, पारिवारिक सहयोग र पुनःस्थापनामा केन्द्रित गर्न यस वर्षको नारा तय भएको बताइएको छ।

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका वरिष्ठ नसारोग विशेषज्ञ डा. राजु पौडेल मस्तिष्कघातकाबारेमा आमजनतामा चेतना अझै नरहेको र छिटोभन्दा छिटो अस्पतालमा पुर्‍याएमा बिरामीलाई यसबाट पर्ने दूरगामी असर धेरै कम गर्नसकिने बताउँछन्।

शारीरिक सन्तुलनमा अचानक गडबड, आँखा कमजोर, अनुहार बांगिए, हात वा गोडामा कमजोरी, बोली लरबरिनुलगायत यसका प्रारम्भिक लक्षण रहेको चिकित्सक बताउँछन्।

डा. पौडेल भन्छन्–‘यीमध्ये कुनै लक्षण देखिएमा चार घन्टाभित्र अस्पतालमा पुर्‍याउन सकिएमा मस्तिष्कघातले निम्त्याउने धेरै असरलाई न्यूनीकरण गर्न सकिन्छ।’

पछिल्लो समयमा विभिन्न कारणले मस्तिष्कघात बढ्दोक्रममा नै रहेको बताइन्छ ।

यो पनि पढ्नुहोस :  एक्ला मानिसलाई मुटु सम्बन्धि रोग लाग्ने सम्भावना बढि हुन्छ

एक अध्ययनअनुसार नेपालमा मस्तिष्कघात भएकामध्ये ६० देखि ७० प्रतिशत रक्तनलीमा हुने अवरोध (रक्तश्राव)का कारण भएको पाइएको थियो। तर, विकसित देशमा रक्तश्रावबाट कमै मात्रामा मस्तिष्कघात हुने गर्दछ।

विश्व स्वास्थ्य संगठनकाअनुसार हरेक दुई सेकेन्डमा एकजना मस्तिष्कघातबाट पीडित हुने र १० सेकेन्डमा एकको मृत्यु यही कारण हुने गर्दछ।

हरेक वर्ष एक करोड ४० लाख मानिस मस्तिष्कघातबाट प्रभावित हुने गर्दछन्। विश्वमा ६० लाखको त यही कारण मृत्यु हुने गर्दछ। मृत्युको दोस्रो कारक तत्वकारुपमा यसलाई लिइन्छ। ६ मध्ये एकलाई मस्तिष्कघात हुनसक्ने अध्ययनले देखाएको छ।

मस्तिष्कघात हुन नदिन के गर्ने?

डा. पौडेल मस्तिष्कघातको जोखिम न्यूनीकरण गर्न रक्तचाप, मधुमेह, मोटोपन, खानपानलगायतमा ध्यान दिनुपर्ने सुझाव दिन्छन्।

उनी भन्छन्–‘रक्तचाप नियन्त्रण, समयमै मधुमेहको पहिचान र उपचार, मोटोपना र तौल नियन्त्रण, शरीरको रगतमा भएको कोलेस्ट्रोलको मात्रा नियन्त्रण, धूमपान तथा मद्यपान सेवन नगर्ने, अनुशासित जीवनशैली र पद्धति अपनाउनुपर्छ।’

यस्तैगरी, मस्तिष्कघातपछि हुने कमजोरी विश्वमा नै अपांगताको दोस्रो ठूलो कारणका रुपमा रहेको छ।

यो धेरैजसो मानिसमा ६० वर्षपछि देखिएपनि एक चौथाइ मानिस भने सक्रिय जीवन बिताइरहेका समयका हुने चिकित्सक बताउँछन्।

डा. पौडेलकाअनुसार चिकित्सकको परामर्शमा रगत पातलो गर्ने औषधि सेवन गरेमामात्र ४० प्रतिशतभन्दा बढी मस्तिष्कघातलाई नियन्त्रण गर्न सकिन्छ।

Continue Reading
Advertisement Cheap Air fare and package tours!
loading...

LATEST TWEET

Trending